ईटहरी पुष २१ । नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुनसरी जिल्ला भेलाले लक्ष्मी राईको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ ।
संगठनकी कोशी ब्युरो सयोजक मनु अछामीको प्रमुख आतित्थ्यता र सुनसरी जिल्ला ईन्चार्ज युगेन राई र सेक्रेटरी पुस्प कोइरालाको बिशेष आतिथ्यतामा दुहबीमा सम्पन्न भेलाबाट उपाध्यक्षमा सुमित्रा राजवंशी, सचिवमा परिता राई र अन्य सदस्य गरी १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अब जिल्ला व्यापी रुपमा महिला संगठन विस्तार गर्ने नवनिर्वाचित अध्यक्ष लक्ष्मी राईले बताईन् । कार्यक्रममा सुनसरी जिल्ला सदस्य सन्तोष विष्ट, सुरेश राई लगायतकाको पनि उपस्थिति रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
