नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताउनु भएको छ ।
संसदय समितिले आफ्नो प्रतिबेदन नै नबुझाई अत्तालिएर रातारात गयर कानुन बिपरित समिति बनाउन लागि परेकाे आरोप लगाउनु भयो । संसदिय अभ्यास र अधिकार क्षेत्र लाई प्रभावित पार्ने काम गरेकाे भन्दै ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको बताउनुभयो ।
“सरकार दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर मुद्दा लगाएको रेशम चौधरीलाई सपथ खुवाइरहेको छ,”–उहाँले भन्नुभयो । सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको उहाँको भनाई छ ।
नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटलाबारे सरकार डराएर छानविनका लागि कानुनविपरीत नयाँ समिति गठन गरेको उहाकाे आरोप छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले कानुन विपरीत एकपछि अर्को काम गर्नुले पनि सरकारको विश्वसनीयता घटेको बताउनुभयो ।