एक पछि अर्को गैर जिम्मेवार काम गर्दे कमिसनमा लागेको भनेर कर्मचारी तथा विभिन्न क्षेत्रबाट विरोध खेपिरहेका र छानविन समितिले हटाउन सिफारीस गरीसकेको अवस्थामा विपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियारले एक सय २० जना नर्सका लागि विज्ञापन गराएका छन् ।

कार्तिक २० गते श्वास्थ्य मन्त्री उपेन्द्र यादवले विज्ञापन नखोल्न दिएको आदेश विपरीत उपकुलपति रौनियारले पुष २० मा एक्कासी ठूलो संख्यामा स्टाफ नर्स नियुक्ति गर्ने विज्ञापन खोलिए पछि कर्मचारीहरु छक्क परेको स्रोतले बतायो ।

केही सेटिंगमा आर्थिक चलखेलकै भरमा यो नियुक्ति पनि हुन सक्ने भन्दै केही पदाधीकारी र कर्मचारीहरु यो खारेज गराउन लाग्ने बताउछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline