रोकिएन सुन तस्करी,चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ

रोकिएन सुन तस्करी,चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँः चीनबाट अवैधरुपमा भित्र्याएको चार केजी सुनसहित प्रहरीले तीनजलाई धादिङबाट पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्याएको अवस्थामा प्रहरीकोे टोलीले गए राति पौने १० बजे उक्त सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रदेश तीनको विशेष प्रहरी टोली र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले दुईवटा मोटरसाइकलमा लुकाएर लाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

रसुवाबाट नुवाकोट हुँदै धादिङको गल्छीबाट गजुरीतर्फ गइरहेको समयमा रसुवाको उत्तरगया गाउँपालिका–२ का २७ वर्षीय सञ्जीव वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ बस्ने २४ वर्षीय विकास तामाङ र त्यही ठाउँका अर्का एक युवक रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ