ललितपुर, १९ पुस । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पे्रस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको सङ्ख्या बढ्दै गए पनि गुणस्तर नबढेको बताउनुभयो । धेरै पत्रिका अरु पत्रिकाको हुबहु सारेर चलिरहेको र प्रेस काउन्सिलको वर्गीकरणमा पछाडि परेका पत्रपत्रिकाले अरुको समाचार जस्ताकोतस्तै सारेको पाइएको उहाँले बताउनुभयो । “धेरैलाई अर्काे वर्ष सुधार हुने मौका दिएर पनि वर्गीकरणमा राखिएको हो,” श्रेष्ठले भन्नुभयो ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले मूलधारको पत्रकारितालाई शुद्धीकरण गर्दै लैजान पत्रकार महासङ्घको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महासङ्घका पूर्वमहासचिव ओम शर्माले पत्रकारको गुणात्मक वृद्धिमा महासङ्घ र शाखाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महासङ्घका पूर्वमहासचिव उजीर मगरले महासङ्घले पत्रकारलाई समस्यामा पर्दा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महासङ्घका उपत्यका संयोजक लेखनाथ न्यौपानेले जिल्लामा क्रियाशील पत्रकारको सङ्ख्या धेरै भएको जिल्लामध्ये ललितपुरसमेत भएको बताउनुभयो ।
महासङ्घ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले शाखाको आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासघं ललितपुरको साधारण सभाले पारीत गरेको बुदाहरु
१.यो साधारण सभा साना लगानीमा सञ्चालित पत्र पत्रिका तथा पत्रकाहरुले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियाहरुको हित संरक्षण तथा प्रवद्र्धनका लागि विषेश संरक्षण नीति अवलम्वन गर्न माग गर्दछ । त्यसका लागि पत्र पत्रिकालाई उपलव्ध गराउदै आएको लोक कल्याणकारी विज्ञापन रकम तत्काल दोव्वर कायम गर्दे समानुपातिक विज्ञापन नीति कार्यन्वयनमा ल्याएन माग गर्दछ । सर्वोच्च अदालतले समानुपातिक विज्ञापन ऐन बनाएर कार्यन्वयन गर्न गरेको आदेश अनुरुप एैन तत्काल बनाउन माग गर्दछ ।
२.प्रत्यक स्थानीय सरकार मार्फत प्रदान गरिने स्थानीय तहका विज्ञापनहरु पत्रकार महासंघको समेत सहभागीतामा एक शक्तिशाली संयन्त्र बनाई सो सयन्त्र मार्फत समानुपातिक ढंगले वितरण गर्न सबै स्थानीय तथा प्रदेश सरकारसगँ माग गर्दछ ।
३. ललितपुर महानगरपालिका र ललितपुर जिल्ला भित्र रहेका अन्य नगरपालिकाहरुबाट सञ्चालनमा ल्याईएका सञ्चारमाध्यमहरुलाई २०७२ साल देखिको व्यवशाय सञ्चालन दर्ताका रुपमा सुचीकृत हुन आव्हान गर्दै मुद्रमण उद्योगजन्य व्यवशाय र पत्रपत्रिकालाई एउटै वर्ग निर्धारण गरी कर असुलीको प्रावधान ल्याईएकोमा यो साधारण सभा त्यस्तो विदेभकारी प्रावधानप्रति गंभीर असहमति प्रकट गर्दछ । सोही प्रावधान अनुसार कर चुक्ता नगरे सम्म कर चुक्ता प्रमाण पत्र कर कार्यलयले नदिने तथा पत्र पत्रिका बर्गीकरणका लागि प्रेस काउन्सीलमा क चुक्ता प्रमाण पत्र समेत माग गरेकोमा उक्त प्रावधान तमाम साना लगानीका मिडिया विरोधी प्रावधान हो भन्ने यो सभाको ठहर छ । तसर्थ सम्बन्धित निकायको गंभीर ध्यानाकर्षणका साथ उक्त प्रावधान सच्याउन माग गर्दै उक्त समस्याको हल ननिस्किए सम्मका लागि प्रेस काउन्सीललाई कर चुक्ता प्रमाण पत्र अनिवार्य नगर्न विषेश आग्रह गर्दछ । यसै गरी अनलाईन मिडिया सञ्चालनका लागि दर्ता गरिएका कम्पनीको नाममा कन्सलटेन्सी शब्द जोडिएकोमा मिडिया अनुकुल दर्ता नवीकरण शुल्कमा गरिएको विभेदको यो सभा विरोध गर्दछ । यस्ता मिडिया कम्पनीलाई मिडिया कम्पनी सरह नै व्यवहार गर्न माग गर्दछ ।
४. विराटनगरमा हालै सम्पन्न नेपाल पत्रकार महासघको राष्ट्रिय सम्मलेनबाट पारित प्रत्यक्ष निर्वाचन प्रणाली तथा सदस्यता शुद्धीकरण सम्बन्धि व्यवस्थालाई स्वागत गर्दै शुद्धीकरण अभियान शुरु गर्ने यसका लागि बहालवाला मन्त्री अन्य राजनीतिक नियक्ति प्राप्त विभिन्न ओहोदामा रहेका व्यक्तिहरु र सरकारी कर्मचारीहरु र पूर्णकालीन राजनीतिज्ञको भूमिकामा रही काम गरीरहेका तथा सक्रिय पत्रकारीतामा संलग्न नभएकाहरुलाई यस शाखाको सदस्य कायम नरहनको लागि पहिलो चरणमा स्वेच्छिक घोषणाको अवसर प्रदान गर्ने व्यवस्था मिलाउन यस साधारण सभा आग्रह गर्दछ ।
५. पच्चीस वर्ष पत्रकारीता गरेका पत्रकारहरुलाई निवृतिभरणको सुविधा उपलव्ध गराउन सरकारसगँ माग गर्दछ ।
६. नेपाल पत्रकार महासंघबाट जारी परिचय पत्रका आधारमा सिंहदरबार लगायतका अन्य सबै ठाँउ प्रवेश तथा अन्य सरकारी कागजात सरह मान्यता दिन आग्रह गर्दै एउटै प्रकृतिको प्रेस पासले सबैतिर सहज पहुचको व्यवस्था गर्न माग गर्दछ ।
७. सूचना विभागको परिचय पत्र भएका सञ्चारकर्मी र सञ्चालनमा रहेका सञ्चारगृहलाई निशुल्क ईन्टरनेटको सुविधा उपलव्ध गराउनुका साथै एक सञ्चार गृह एक सवारी साधनको व्यवस्था गरी त्यसमा भन्सार छुटको व्यवस्था अघि सार्न यो साधारण सभा आग्रह गर्दछ ।
८. सरकारले हाल पत्रकारहरुका लागि लागु गरेको दुर्घटना बिमालाई जीवन बिमामा परिणत गर्न साधारण सभा माग गर्दछ ।
९. ज्येष्ठ पत्रकारहरुका हकमा उहाहरुको सदस्यता निशुल्क नवीकरणको व्यवस्था गर्न साधारण सभा माग गर्दछ ।
१०. सक्रिय पत्रकारीता गर्ने पत्रकाहरुका लागि हरेक सरकारी तथा नीजि अस्पतालमा निशुल्क शैया तथा उपचार उपलव्ध गराउन यो साधारण सभा माग गर्दछ ।
११ं साना लगानीका मिडियाका लागि सौलियत दरमा वा पचास प्रतिशत अनुदानमा कागज , ल्यापटप, विद्युतीय उपकरण, क्यामेरा खरीदको व्यवस्था मिलाउन साधारण सभा माग गर्दछ ।
१२. समावेशी सञ्चार नीति अन्तर्गत महिला आदिवासी , जनजाति, अपागं, सीमान्तकृत, तेस्रो लिगंी लगायत पिछडिएका समुदायको सञ्चारमा पहुच स्थापना गर्न , क्षमता अभिवृद्धि गर्न यो साधारण सभा माग गर्दछ ।
१३. सूचना तथा प्रशारण विभागले साप्ताहिक पत्रिकाको अनलाईन संस्करण दर्ता गर्दा पत्रिकाकै सम्पादक रहेको व्यक्ति अनलाईनको सम्पादक हुन नहुने प्रावधान ल्याएकाले सो प्रावधान हटाए पुरानै व्यवस्था ल्याउन माग गर्दछ ।
१४. श्रमजीवि पत्रकार ऐन कार्यन्वयन गर्न माग गर्दछ र सबै प्रदेशमा पूर्ण प्रेस मैत्री कानुन बनाउन यो साधारण सभा माग गर्दछ ।
१५. ललितपुर पत्रकार महासघको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउन सरकारसगँ माग गर्दछ ।
१६. फौजदारी मुलुकी सहिता ऐन र देवानी मुलुकी सहिता ऐन २०७४ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अकुश लगाउने केही प्रावधानहरु रहेकोमा संविधानसगँ बाझिएका त्यस्ता सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग गर्दछ ।
१७. अनलाईन सञ्चार माध्यमलाई नियमन गर्दे अनलाईन सञ्चारमाध्यममा प्रकाशित समाचारमा चित्त नबुझे प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारहरुलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ , ४८ अनुसार कठोर कार्बाही गर्ने गरेकोमा सो प्रति आपत्ति जनाउदै नियमनकारी निकाय मार्फत नै आवस्यक प्रकृया मिलाउन तथा उक्त ऐन खारेज गर्न माग गर्दछ ।
१८ नेपाल पत्रकार महासंघका पार्सद राजु बस्नेत लगायतका पत्रकारहरुमाथि धरपकड गरीएको कार्यप्रति यो साधारण सभा घोर भत्र्सना गर्दछ ।

