भारतीय कन्टेनरमा लुकाएर ल्याउदै गरिएको चरेस सहित २ जना पक्राउ

भारतीय कन्टेनरमा लुकाएर ल्याउदै गरिएको चरेस सहित २ जना पक्राउ

  • बिहिबार, पुस १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाण्डौ पुष १९ । प्रहरीले भारतीय कन्टेनरमा लुकाएर लगिदै गरिएको दुई सय ३५ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ । एच आर ३८ एस ९३७१ नं को कन्टेनरमा प्लाष्टीकको बोरामा प्याक गरिएको अवस्थामा उक्त चरेस फेला परेको प्रहरीले जनाएको छ ।
चरेस सहित कन्टेनर चालक भारत उत्तर प्रदेशका सतेन्द्र सिंह बेघल र पर्साका लाल मोहम्मद गद्धीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विशेष सुराकीकाे आधारमा लागु औसध व्यूराे काठमाडाैंबाट गएकाे टाेलीले धादिङ्ग गजुरी गाउँपालीका  १ स्थित गजुरी बजारबाट मुग्लिङ चितवनतर्फ जादै गरेकाे ट्रकबाट चरेस सहित उनीहरूलाइ पक्राउ गरी कार्वाहिका लागि इलाका प्रहरी कार्यलय गजुरी, धादिङमा बुझाएकाे आज पत्रकार सम्मेलनकाे आयोजना गरी जानकारी दिइएकाे छ ।
गद्धी विगतमा पनि लागु औषधको कारोबारमा संलग्न रहदा ३ वर्ष जेल बसेका थिए । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ