बि.पी. प्रतिष्ठान अस्तव्यस्त: सरकार छानविन गर्ने, उपकुलपति चलखेलमा व्यस्त ?

बि.पी. प्रतिष्ठान अस्तव्यस्त: सरकार छानविन गर्ने, उपकुलपति चलखेलमा व्यस्त ?

  • बिहिबार, पुस १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

काठमाडाैं, १९ पुस ।

जिम्मेवारी पूरा गर्न असफलसिद्ध भइसकेका सुनसरीको धरानमा संचालित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियारले छानबिन समितिले काम गरिरहेकै समयमा पनि अनियमितता गरेको पाइएको छ ।
देउवा नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री दीपक बोहोराका पालामा गठित छानबिन समितिले रौनियारलाई अनियमिततामा दोषी ठहराएको छ । उक्त छानबिन समितिको प्रतिवेदनमा डा. रौनियारलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका क्रममा उनले अनियमिता गरेको फेला परेको थियो । छानविन समिति गठनपश्चात मात्र उपकुलपति रौनियारले २७ करोड भुक्तानी गरिसकेको स्रोतले दाबी गरेको छ । यसबाट आवको पहिलो चार महिना अवधिमै प्रतिष्ठानका सबै संचित रकम शून्यको स्थितिमा पुगेको स्रोतले बतायो ।
डा. रौनियारले सरकारले गठन गरेको छानिबिन समितिमा बसेको भन्दै प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरु खनाल र रजिष्ट्रार तुलबहादुरको तलब समेत रोकिदिएका छन् । अन्य भुक्तानी गर्न भने प्रतिष्ठानको नियमावलीविपरीत रजिष्ट्रारको सबै आर्थिक अधिकार खोसेर आफै चेकमा सही गर्दै धमाधम आर्थिक कारोवार जारी राखेको स्रोतले जानकारी दियो । यसबारे थप बुझ्न सम्पर्क गर्दा रौनियारसँग सम्पर्क हुन सकेन । उनले स्वास्थ्य मन्त्रालयबाट अनुदानमा प्राप्त गरिएको ईआरसिपि मेशिन कमिशन खाएर बिक्री गरेका छन् । सामान्य मर्मत गर्दा चल्ने स्थितिमा रहेको उक्त मेशिन मर्मतै नगरी बिक्री गरेको र दोब्बर रकम तिरेर खरिद गरेर मोटो मात्रामा कमिशन असुलेको बताइएको छ ।
त्यस्तै रौनियारले मेशिन खरिदमा एउटै व्यक्तिलाई टेन्डर पार्ने प्रक्रिया मिलाई महंगोमा मेशिन खरिद गरेर नीतिगत भ्रष्टाचार गरेको प्रशासनका एक कर्मचारीले बताए । काउन्ट्री मेशिन खरिद, इन्डोब्रोन्को अल्ट्रसाउन्ड, हेमोडाइलासिसमा पनि उनले सोही भ्रष्ट चाल अपनाए । फार्मेसीमा चिकित्सकबाट सिफारिस औषधिहरुको साटो अन्य राख्न लगाई प्रतिष्ठानलाई लाखौं रुपैयाँ क्षति पुर्याउने हर्कत डा. रौनियारले गरिरहेको बताएका छन् । त्यसो गरिनुमा अन्य फार्मेसीहरुसँग कमिशन सेटिङ मिलाएको उनीमाथि आरोप छ ।

एमआरआई मेसिन प्रकरणमा पनि उनैको नाम जोडिएको छ । मर्मत गर्दा हुने उत्तः मेशिनलाई पनि गराएनन् । आव २०७३÷७४ मा तय भएको कार्डियोलोजी र अंकोलोजी रहने भवन नै नबनाइ १७ करोड रुपैयाँ भुक्तानी गरेर अनियमिमता गरेको पनि रौनियारमाथि गम्भीर आरोप छ । भवन निर्माणको टेन्डरलाई नियमावलीविपरीत रद्द गरेर रकमान्तर गर्दै नयाँ एमआरआई मेशिनको चालबाजी गरेका थिए रौनियारले । कमिशन खानकै लागि उनले रकमान्तरको नाटक रचेको कर्मचारीहरु बताउँछन् । सो विवरण छानबिन समितिले आफ्नो प्रतिवेदनमा समेत उल्लेख गरेको छ । त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान थालेको छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारका स्वास्थ्यमन्त्री दीपक बोहराकै कार्यकालमा छानबिनको दायरामा परेका प्रतिष्ठानका उपकुलपति डा. रौनियारले सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिएका निर्देशनलाई योपटक पनि उल्लंघन गरेका छन् । मन्त्री यादवले गत मंसिर ५ गते सिनेट बैठक बोलाउन कार्तिक २२ गते दिएको निर्देशनको अवज्ञा गरेपछि अनिवार्य रुपमा मंसिर १६ गते बैठक बोलाउन अन्तिम मौका दिएका थिए । सो तिथिमा पनि रौनियारले बैठक नबोलाई निर्देशनको ठाडो अवज्ञा गरे । सिनेट बैठक बोलाएको खण्डमा प्रतिवेदनअनुसार बैठकले रौनियारलाई बर्खास्त गर्ने निश्चित छ । सोहीकारण उनले निर्देशन कुल्चँदै बैठक बोलाउन अटेर गरेका हुन् ।
अहिले पनि उपकुलपति डा. रौनियार अझै पद जोगाउन ध्याउन्नमा शक्तिकेन्द्रहरुमा नगद बोकेर दौडधुपमा लागिरहेको स्रोतले बतायो । रौनियारले पद जोगाइदिन भन्दै चाकडी र चाप्लुसीमा अहिलेसम्म निकै रकम खर्च गरिसकेको स्रोतको दाबी छ । खर्चिने रकम उनले यसअघिकै प्रतिष्ठानका विभिन्न नियुक्तीका क्रममा असुलेको बताइएको छ ।

एमआरआई. मेशिन खरिद, क्यान्सर तथा मुटु रोग भवन निर्माणार्थ परामर्शदाता नियुक्ति, विद्यार्थी भर्ना तथा अन्य खरिदमा करोडौं अपचलन गरेको विषयलाई गम्भीरताका साथ लिई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले प्रतिष्ठान ऐनको धारा ११ (घ) बमोजिम पदमुक्त गर्नको निमित्त स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठन गरेको समितिले समेत रौनियारलाई बर्खास्त गर्न सिफारिस गरिसकेको छ । यतिहुँदा समेत सरकारले उनलाई हटाउन नसक्नुले सरकारको आलोचना शुरु भएको छ ।
भ्रष्टाचारको चेपुवामा परेकै कारण प्रतिष्ठानमा विगत ६ महिनादेखि कार्यकारिणी समितिको बैठक समेत हुन नसक्दा प्रतिष्ठानको अस्पताल सेवा, शिक्षा, अनुसन्धान कार्य तथा चिकित्सक तथा कर्मचारीको वृत्ति विकास लगायतका आन्तरिक कामकारवाही ठप्प छन् ।
स्रोतका अनुसार छिट्टै नै कुलपति एवं प्रधानमन्त्री ओलीले नै स्वास्थ्यमन्त्री यादवलाई सिनेट बैठक बोलाउन सक्ने प्रावधान लागू गराइ बर्खास्त गर्ने विकल्पमा जाने तयारी सरकारले गरिरहेको बुझिाएको छ ।

आखिर सरकारको मौनता किन ?
पुर्व उपकुलपति बलभद्र दासको कार्यकाल सकिए लगत्तै उपकुलपति हुने दौडमा डा. रौनियारले ठुलो दौडधुप गरे । केही मेडिकल सप्लायर देखि ठेकेदार र नेताहरु समेत परिचालन गरेर तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल देखि श्वास्थ्य मन्त्री गगन थापा समेतलाई प्रभावमा पारेर नियुक्ति लिन सफल रौनियारले प्रतिष्ठानलाई भने व्यवस्थित गर्न सकेनन् । उनीको कृयाकलाप र विपीपमा देखिएको विकृति विरुद्ध सरकारले छानविन प्रकृया पुरा गर्यो । त्यस पछि वर्तमान श्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई सिनेट बोलाउन २४ घण्टे अल्टिमेटम दिएको लामो समय वित्न लाग्दा पनि सरकारले कुनै निर्णय नगर्नुलाई प्रतिष्ठानका कर्मचारीले आश्चर्यको रुपमा लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ