प्रतिनिधिसभाको बैठक: शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठक: शोक प्रस्ताव पारित

  • मङ्लबार, पुस १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

काठमाडौँ, १७ पुस  ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य कमलादेवी शर्माको निधनमा शोक प्रस्ताव पारित ग¥यो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको हो । केन्द्रीय सदस्य शर्माको हृदयघातका कारण निधन भएको हो । उहाँ ५६ वर्षको हुनुहुन्थ्यो ।

यसअघि शर्मा विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिकतर्फ निर्वाचित सदस्य तथा पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री हुनुहन्थ्यो । प्रतिनिधिसभाको अर्का बैठक पुस १९ गते बिहीबार १२ बजे बस्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ