काठमाडौ, १६ पुस ।
सिभिल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर महिना व्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले देशव्यापी कार्यक्रम अन्र्तगत वीरगंज,विराटनगर,पोखरा,भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरmमा रक्तदान कार्यक्रमको आयोजनागरेको थियो र धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान ,रुकुम ,ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ,बेशीशहर,गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी,सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरmबाट सरकारी विद्यालयमाअध्ययनरत जेहेन्दार तथाआर्थिक स्थिति कमजोर भएकाविद्यार्थीहरुलाईजनही रु ५००० को छात्रवृत्तिप्रदानगरेको छ ।
पुनश्च बैंकले वार्षिकोत्सवकै दिनमापशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्तविरुवालाई ५ वर्षसम्ममलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनिवहन गरेको थियो साथै कमलादीशाखा, काठमाण्डांैमा रक्तदानकार्यक्रमको आयोजना गरेको थियो ।
बैंक यसै समाजमा संचालितहुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदाआफूलाई खुशीलागेको कुरा बैंककानिमित्तप्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताउनु भयो ।
चालु आर्थिक वर्षको प्रथमचौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या ७१ रहेको छ ।




