यी चार कम्पनीको शेयर मूल्य समायोजन

यी चार कम्पनीको शेयर मूल्य समायोजन

  • सोमवार, पुस १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ , १६ पुस 

नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६७४ रहेको छ ।
स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २१७ रहेको छ ।
पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य रु २२६ रहेको छ ।
यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु एक हजार २८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य रु एक हजार २१५ रहेको छ । स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी