रुद्रबहादुर खडगा/पुस, १३ सिन्धुली।
३ नं. प्रदेश अन्तगर्ते भित्री मधेशको रुपमा परिचित सिन्धुली जिल्ला सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व वोकेको जिल्ला हो । यस जिल्लाले आफ्नो सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान एंव कला र सस्कृतिको प्रवद्र्धन तथा व्यापारिक सम्बन्ध विस्तारका लागि चार पटक महोत्सव सञ्चालन गरिसकेको छ ।
२०६७ सालमा क्षेत्रीय महोत्सव समेत सम्पन्न गरिसकिएको यस सिन्धुली जिल्लामा २०७५ साल पुष १३ गते देखि पुष २२ गतेसम्म “कृषि, पर्यटन, जलश्रोत उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार” मुल मन्त्रका साथ सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा पहिलो पटक प्रदेशस्तरिय १० दिने प्रादेशिक महोत्सव २०७५ आयोजना गर्ने लागिएकोहोे । उक्त महोत्सवको सहआयोजक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ३ नंंं. प्रदेश कृषि ज्ञान केन्द्र सिन्धुली रहकोछ ।
महोत्सवको प्रवद्र्धक नेपाल उद्योग वाणिज्य महासंघ ३ नंं. प्रदेश र नेपाल पर्यटन बोड रहेकोछ ।
प्रादेशिक महोत्सव २०७५ को प्रायोजक, सह–प्रायोजक विभिन्न कम्पनीहरु, राष्ट्रिय वाणिज्य बैंक, मेगा वैंक नेपाल शाखा कार्यालय सिन्धुली, राष्ट्रिय च्यानल एपि वान र स्थानीय दैनिक पत्र—पत्रिका, एफ.एम.रेडियोहरु रहेकाछन् ।
२५० वटा स्टल रहने यस प्रादेशिक महोत्सवमा कृषिजन्य उत्पादित बस्तुहरु, घरेलु तथा साना उद्योगजन्य उत्पादित वस्तुहरु, जातिय परम्परागत कला संस्कृति, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनि आदिद्धारा उत्पादित बस्तुहरुको स्टल राखिनेआयोजकले जनाएको छ ।

महोत्सवको समुद्घाटन २०७५ साल पुस १३ गते केन्द्रिय सरकारका माननीय अर्थमन्त्री डा. यूवराज खतिवडा कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्रि डा. युवराज खतीवडाले महोत्सव किन गरिन्छ भने आफनो खेत वारीमा उत्पादन भएका खाद्या वस्तुहरुलाई बजारमा लगेर उपभोतmविच बिक्रि गरेर आम्दानी गर्न र आम्दानी बाट मुनाफबाट लगानीगर्न माध्यम बनेको छ र यस महोत्सवले सिन्धुली जिल्ला लगाएत प्रदेशमा पर्यटन उद्योग व्यापार कृषि र कला संस्कृतिको जर्गना गर्न र पर्यटन भित्रयई आफने ठाउँमा लगानी गर्न र स्रोत र साधन परिचालन गरी जनसभाहगीताको आधारमा विकास निर्मणको काम गर्नू पर्न र ऐतिहासिक सिन्धुलीगढी लगाएत पर्यटन क्षेत्रका विस्तार गनु पर्न विषयमा जोड दिनु भयो ।
सरकार संविधान कार्यन्वयन गर्न तर्फ अग्रसर भएकाले तिनतहको सरकार व्यवस्थापन गर्न कानुन बनाउन लागी परेको र योजन तर्जुमा देखि लिएर बजेट व्यवस्थापन गर्न क्रियाशिल रहेको चर्चा गर्नु भयो ।
प्रदेश न.ं ३ का प्रदेश उद्योग तथा पर्यटन वातावरण मन्त्री अरुण नेपालले यो प्रादेशिक महोत्सवले यो प्रदेश क्षेत्रका जिल्लाहरुको आर्थिक विकास समृद्धि बनाउनका लागी सन्देश दिएको उल्लेख गर्नुभयो ।
हाम्रो देशले राजनीतिक क्रान्ति सफल गरेको छ । निरङकुश राजतन्त्र अन्त्य भई नेपाली जनताले सविंधान सभामार्फत संविधान निर्माण गरी जनताको हातमा अधिकार आई सकेको धारण राख्नु भयो । आर्थिक क्रान्तिको खाचो रहेको बताउँदा विकास निर्माण कार्यमा जुटनु पर्न गरीवी हटाउनु पर्न समस्यको समधान गर्न सक्नु पर्छ यो प्रदेशमा १३ ओटा मध्ये सिन्धुली जिल्ला सुचाङकले पछि परेको जिल्लामा पर्दछ । जैविक विविधता भएको पहाड छ । तराई संग जोडिएको जिल्लामा विकासमा पछि परेको तर्क गर्नु भयो । हेटौँडा देखि धरान चतारा सम्मा जाने बाटो छिटै निर्माण हुने दावी गर्नुभयो ।
खुर्कोट सुनकोशीको पानीलाई डाईभर्सन गरी मरिण, कमलालाई भुमीयोग्य जमिन बनाई सिचाई गरिने योजना बनाई सकेको बताउनु भयो । सिन्धुलीमा अद्यौगीक विकासको लागी प्रदेश सरकारले जोड दिने र सिन्धुलीलाई जुनार विस्तारको लागी कार्ययोजना बनाई कार्यन्वयन गर्न लाई पनि र जुनारको जुस उत्पादनको लागी उद्योग खोल्नको लागी प्रदेश सरकारले जोड दिने धारण राख्नु भयो ।