कालिकाेट, १३ पुस ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’काे नाममा पुनः सरकारले पक्राउ पूर्जी जारी गरेकेा छ ।
यसअघि ५१ दिनकाे हिरासत बसाइपछि रिहा हुनुभएका प्रवक्ता प्रकाण्डलाइ पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको प्रकाउ पुर्जी लिएर प्रहरी शुक्रवार उहाँकाे कालिकाेटकाे माल्काेटस्थित घरमा पुगेको हाे ।
प्रकाण्डको पारिवारिक श्रोतले जानकारी गराए अनुसार प्रहरीले बिहिबार नै प्रकाउपुर्जी बोकेर घरमा टास्न आएको थियो । तर स्थायीले उनको घरमा पुर्जी टास्न नदिएपछि नजिकैको सार्बजनिक स्थानमा टासेर प्रहरी फर्केको हो ।
प्रहरीले संखुवासभा जिल्ला अदालात चैनपुर र जिल्ला अदालत उदयपुरले जारी गरेको ३५ दिने पक्राउपुर्जी लिएर जिल्ला प्रहरी कार्यलय कालिकाेटकाे प्रहरीटाेली प्रकाण्डकाे घर पुगेकेा थियाे ।
यसपघि प्रवक्ता प्रकाण्डलाई प्रहरीले गत साउनमा काठमाडाैंबाट गिरफ्तार गरेर बिभिन्न ६ जिल्ला घुमाएकाे थियाे । बन्दिप्रत्यक्षिकरणकाे मुद्वामा उहाँलाइ सर्वाेच्च अदालतकाे अादेशमा गिरफ्तार गरेकेा ५१ दिनमा रिहा गरिएकाे थियाे ।
यी हुन् प्रकाण्डकाे नाममा जारी पक्राउ पूर्जी।
प्रकाण्डलाई गिरफ्तार गरेपछि प्रहरीले देशका ६ जिल्ला काठमाडाैं, काभ्रे, नुवाकाेट, भाेजपुर, उदयपुर र दाङमा पुर्याएर बिभिन्न मुद्वा चलाउन खोजेपनि सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएपछि उहाँलाई छोडिएको थियो ।
यस्तै नेकपाका पाेलिटब्युराे सदस्य माेहन कार्की जिवन्तकाे नाममा पनि पक्राउ पूर्जी जारी गरिएकाे जनाइएकाे छ ।प्रहरीले शुक्रवार जिवन्तको घरमा प्रहरीले प्रकाउ पुर्जि टास गरेको पारिवारीक श्राेतले जनाएकाे छ । धादिङको निलकण्ठ नपा वार्ड नम्बर ३ मा अवस्थित घरमा प्रहरीले पुर्जी टास गरेको हो ।

