पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

हेटौँडा, १२ पुस ।

विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ ।

विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरीद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बताउनुभयो । नेपाल र भारतमा पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एकरुपता आएका कारणले तस्करी नियन्त्रण भएको र नियमित विद्युत् आपूर्ति भएकाले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको हो ।

भारतको विहार, रक्सौल इन्धन डिपोबाट पेट्रोलियम पदार्थ नेपाललाई लिन आग्रह गरिरहेको तर बिक्री वितरणको कमीले आयातमा कमी आएको प्रमुख यादव बताउनुहुन्छ । डिजेल र पेट्रोलमा मात्र होइन, मट्टीतेलको बिक्रीमा समेत कमी आएको छ । बारा, पर्सा र रौतहटका गरी ११४ पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्प सो शाखाअन्तर्गत रहेका छन् । हाल दैनिक पेट्रोल ६० हजार लिटर, डिजेल दुई लाख ५० हजार लिटर र मट्टीतेल हप्तामा १२ हजार लिटर रक्सौलबाट आयात गरी व्यवसायीलाई वितरण भइरहेको छ ।

एक महीना अघि ८६ हजार लिटरदेखि ९६ हजार लिटर पेट्रोल तथा तीन लाख ५० हजार लिटर डिजेल दैनिक आयात भइरहेको थियो । सो शाखामा भण्डारण गरिने ट्याङ्की नरहेकाले जसरी आयात गरिन्छ, त्यसरी नै पम्प र उद्योगीलाई वितरण गरिन्छ । उहाँले पम्प व्यवसायीलाई पटकपटक आग्रह गर्दा पनि बिक्री वितरण नभएको भन्दै कम मात्रामा डिजेल र पेट्रोल लिने गरेको बताउनुभयो ।

बारा, सिमराका पम्प व्यवसायी राम दास अहिले बिक्री नभएका कारण कारोवारमा कमी आएको बताउनुहुन्छ । नेपाल आयल निगम, अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादव उद्योगी व्यवसायीले डिजेल खरीद कम गरेका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ