वार्ताटोलीको निष्कर्षः ‘राजनीतिक हैसियतमा विप्लव नेतृत्वको नेकपा मात्रै तर विप्लवले वार्ता गर्नै मानेन् ’

वार्ताटोलीको निष्कर्षः ‘राजनीतिक हैसियतमा विप्लव नेतृत्वको नेकपा मात्रै तर विप्लवले वार्ता गर्नै मानेन् ’

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

पुष १२, काठमाडौं ।
सरकारले गठन गरेको अधिकार सम्पन्न उच्चस्तरीय राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाहेक मुलुकमा राजनीतिक हैसियतका कुनै पार्टी या समूह नरहेको निश्कर्ष निकालेको छ ।

आफ्नो म्याद सकिएको भोलिपल्ट प्रगति विवरण सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा वार्ता टोलीले विप्लव नेतृत्वको नेकपा बाहेक अन्य कुनै दल या समुहसँग वार्ता गर्नुपर्ने अवस्था नभएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाहेक राजनीतिक हैसियतका कुनै अन्य पार्टी नभएको बताउनु भयो ।

विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि ढोका खुल्ला भएको जानकारी दिदैँ उहाँले उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दसँगै वार्ताटोलीले छलफल गरेर मात्र वार्ताका लागि औपचारिक पत्राचार गरिने पनि उल्लेख गर्नुभयो ।

संयोजक पाण्डेले यसअवधिमा वार्ताका लागि नेकपाका दोस्रो तहका नेतासँग पटक पटक सकारात्मक छलफल भए पनि माथिल्ला नेताहरुको कुनै जवाफ नआएकाले वार्ताले सार्थकता पाउन नसकेकोले अब मुल नेतृत्वसँगै छलफल गरेर वार्ताबारे निर्णयमा पुगिने बताउनु भयो ।

उहाँले पुनः वार्ताका लागि अहिले पनि पहल भइरहेको तर नेपाल कम्युनिस्ट पार्टीले आफूहरुसँग वार्ता गर्न नमानेको पनि उल्लेख गर्नुभयो ।

त्यस्तै तराईमा संघर्षरत सीके राउत समूहसँग वार्ता गर्ने जिम्मेवारी आफ्नो कार्यादेशमा नै नपर्ने हुनाले वार्ता नगरेको वार्ता टोलीले जनाएको छ ।

‘नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्धका गतिविधि गर्ने सीके राउत समूहसँगको वार्ता यस टोलीको कार्यादेशभित्र नपर्ने हुँदा त्यस समूहसँग वार्ता गर्न उपयुक्त देखिएन’ संयोजक पाण्डेले भन्नुभयो ।

सरकारले भदौ ८ गते विभिन्न द्वन्द्वरत समूहसँग वार्ता गर्न भनी नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न उच्च स्तरीय राजनीतिक वार्ता टोली २०७५ गठन गरेको थियो ।

वार्ता टोलीले २३ वटा विभिन्न समूहसँग वार्ता गरेको थियो । जसमा ३ वटा समूहले हतियार स्थानीय प्रशासनलाई बुझाएर मूलधारको राजनीतिमा सामेल भएको, ३ वटा समूहले विगतमै अतियार बुझाएको र वार्ता टोलीको रोहवरमा राजनीतिक प्रक्रियामा सहभागी भएको घोषणा गरेका थिए ।

वार्ता टोलीले विगतमा भूमिगत र अर्धभूमिगत अवस्थथामा द्वन्द्वरत समूह विगतका क्रियाकलाप त्यागेर राजनीतिक प्रक्रियामा आइसकेको भन्दै मुलुक द्वन्द्वरत अवस्थामा नरहेको पनि निश्कर्ष निकालेको छ ।

‘विगतका द्वन्द्वरत समूहको गतिविधिलाई मसिनो गरी अध्ययन गर्दा अर्धभूमिगत रुपमा रही केही हिंसात्मक र गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूहरु विगतका क्रियाकलाप परित्याग गरी मूलधारका राजनीतिक प्रक्रियामा समावेश भइसकेकाले हाल मुलुक द्वन्द्वरत अवस्थामा देखिदैन’ वार्ता टोलीले भनेको छ ‘अतः एकाध समूहबाहेक अरु समूहसँग थप वार्ता वा संवाद गरिरहनुपर्ने देखिदैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ