नेकपाको चन्दा असुली गर्ने नीति छैन तर स्वैच्छिक सहयोग लिन्छौँः प्रकाण्ड

नेकपाको चन्दा असुली गर्ने नीति छैन तर स्वैच्छिक सहयोग लिन्छौँः प्रकाण्ड

निर्मलाको हत्यारालाई जन सरकारले कारबाही गर्छ

  • बिहिबार, पुस १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौ, १२ पुस ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारालाई जन सरकारले कारबाही गर्ने बताउनु भएको छ । त्यसका लागि केहि समय धैर्य गर्न पनि आग्रह गर्नुभयो ।

धनगढीमा बिहिवार पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता प्रकाण्डले भन्नुभयो, केहि समय दिनुहोस्, हामि निर्मलाका हत्यारालाई कार्वाहि गरेर देखाउँछौ’ । वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई कारबाही गर्न असक्षम भएकोले जन सरकारले कारबाही गर्ने उहाँको भनाई थियो ।

नेकपाभित्रका नेताहरुको दृढ एकता देखेर अतालिएकाहरुले पछिल्लो समय पार्टीभित्र विवाद रहेको भ्रम छर्न खोजेको भन्दै उहाँले त्यसप्रति सचेत रहन पार्टी पंक्ति तथा आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी भित्रको एकताबाट छटपटाहट भएपछि अन्य दलका नेताहरुले प्रकाण्ड र विप्लवबीचको एकता टुटाउन भ्रम फैलाउने गरेका छन् । यसप्रति सचेत रहनुहोला, नेकपाका नेताहरुबीच दृढ एकता छ ।’

यसअघि आफु गिरफ्तार परेका बेला प्रकाण्डलाई विप्लबले नै पक्राउ गर्न लगाएको भन्ने हल्ला फैलाएको भन्दै उहाँले त्यो निराधार रहेको पनि प्रष्ठ पार्नुभयो ।

प्रकाण्डले आफ्नो पार्टीको चन्दा असुली गर्ने नीति नरहेको भन्दै पार्टीको गतिविधि सञ्चालनका लागि राष्ट्रिय पुँजिको पक्षधर उद्योगी व्यवसायीहरुबाट स्वैच्छिक सहयोग लिएको दावी गर्नुभयो ।

प्रकाण्डले असमान सन्धी सम्झौता खारेज गरी राष्ट्रिय स्वाधिनता सहितको जनसत्ता स्थापनाका लागि नेकपाले क्रान्ति गरिरहेको बताउनु भयो ।
सो आन्दोलनको बारेमा भारतीय र अमेरिकी लगायत विदेशी र नेपालीहरुलाई जानकारी दिइरहेको उहाँले बताउनु भयो । सोही क्रममा भारतीय र अमेरिकी अधिकारीसंग विप्लबको भेट भएको बताउँदै प्रकाण्डले नेकपा कुनै पनि विदेशी शक्तिबाट परिचालित नभएको बताउनु भयो ।

भारतीय र अमेरिकीसंग प्रधानमन्त्री केपी शर्माओलीको केहि कुरा नमिलेको भएको हुनाले ओली नेतृत्वको सरकार विगठन गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल वा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकार ल्याउने खेल भइरहेको प्रकाण्डले टिप्पणी समेत गर्नुभयो ।

उहाँले संसदवादी दलहरु विदेशी शक्ति केन्द्रको गोट्टी भएको समेत ठोकुवा गर्नुभयो ।
समाजवाद स्थापना र विकास वर्तमान राजनीतिक दलबाट सम्भव नरहेको बताउँदै प्रकाण्डले नेकपाले चलाएको एकीकृत जनक्रान्तिबाट मात्रै सम्भव रहेको बताउनुभयो ।
उहाँले देशमा नयाँ जनपक्षीय सत्ता स्थापना गर्नका लागि नेकपाले एकीकृत जनक्रान्ति गरिरहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ