पौष ११, काठमाण्डौ ।१२६ औं माओ दिवसकाे अवसरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्यूराेले अायाेजना गरेकेा कार्यक्रम सुरू भएकाे छ ।
काठमाडाैंकाे कमलादीस्थित प्रज्ञा भवनमा जारी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकाे मध्य कमाण्ड ईन्चार्ज सुदर्शन लगायतका नेताहरू सहभागीता छ । चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको सम्झना गर्दै पुस ११ गते विश्वभरि विभिन्न कार्यक्रम गरी मनाउने गरिन्इछ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्ति मान्दै नेपाल सहित विश्वभर सम्झने गर्दछन् ।
माआकोे जन्म सन् १८९३ डिसेम्वर २६ का दिन चिनको साओसानमा भएको थियो भने मृत्यु सन १९७६ सेप्टेम्बर ९ मा चिनकै बेइजिङमा भएको थियो ।विश्व कम्युनिस्ट आन्दोलनमा माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण गरिएको छ । औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्य्दिशा प्रतिपादन गर्न र सफल कार्यान्वयन गर्न, साम्राज्यवादको व्याख्या रुसी कम्युनिस्ट नेता महान् लेनिनले गर्नुभएको थियो । अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ लेनिनको धारणा थियो ।

लेनिनको त्यो अभिभारालाई चिनमा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओले पूरा गर्नुका साथै एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति सम्भव हुने तर क्रान्ति निरन्तर जारी राख्नुपर्ने विचार अघि सार्नुभएको थियो ।
माओकै समयमा सोभियत सङ्घमा प्रतिक्रान्ति भयो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थाल्यो ।
रुस र आफ्नै पार्टीको दक्षिणपन्थी हावाका विरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गर्नुभएको थियो । त्यसले चीनलाई एउटा शक्तिशाली देश बनाउनुका साथै सर्वहारा वर्गलाई बलियो हतियार दियो ।

माओले चीनमा आफ्नो बिचारको व्यवहारिक प्रयोगगरी गरीबको राज्यसत्त्ता ल्याउनुभएको थियो ।
बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई एक महान् दार्श्िनकका रुपमा मानिन्छ । गरीब मजदुर किसानहरुलाई एक बनाई उनीहरुको शासन व्यवस्था ल्याउन सकिन्छ भन्ने माओको बिचारमा पाइन्छ ।
माओको नेतृत्वमा सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो ।