पौष ११, काठमाण्डौ ।
आज १२६ औं माओ दिवस, चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको सम्झना गर्दै विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्ति मान्दै विश्वभर सम्झने गर्दछन् ।
चिनियाँ जनवादी नेता माओत्सेतुङको जन्मदिनका अवसरमा विश्वभरका कम्युनिष्टहरुले यो दिवस मनाउने गर्दछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि माओ त्से तुङको १२६ औं दिवस मनाईदैछ । यसैक्रममा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि देशैभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदै छ।
आज नेपाल कम्युनिष्ट पार्टीले कैलालीको धनगढीमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पार्टीका प्रवक्ता प्रकाण्डले सम्बोधन गर्नुहुनेछ ।
कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुन सहित जिल्ला स्तरीय नेता कार्यकर्ताको सहभागीता रहनेछ ।
विश्व कम्युनिस्ट आन्दोलनमा माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण गरिएको छ । औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्य्दिशा प्रतिपादन गर्न र सफल कार्यान्वयन गर्न, साम्राज्यवादको व्याख्या रुसी कम्युनिस्ट नेता महान् लेनिनले गर्नुभएको थियो । अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ लेनिनको धारणा थियो ।
लेनिनको त्यो अभिभारालाई चिनमा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओले पूरा गर्नुका साथै एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति सम्भव हुने तर क्रान्ति निरन्तर जारी राख्नुपर्ने विचार अघि सार्नुभएको थियो ।
माओकै समयमा सोभियत सङ्घमा प्रतिक्रान्ति भयो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थाल्यो ।
रुस र आफ्नै पार्टीको दक्षिणपन्थी हावाका विरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गर्नुभएको थियो । त्यसले चीनलाई एउटा शक्तिशाली देश बनाउनुका साथै सर्वहारा वर्गलाई बलियो हतियार दियो ।
माओले चीनमा आफ्नो बिचारको व्यवहारिक प्रयोगगरी गरीबको राज्यसत्त्ता ल्याउनुभएको थियो ।
बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई एक महान् दार्श्िनकका रुपमा मानिन्छ । गरीब मजदुर किसानहरुलाई एक बनाई उनीहरुको शासन व्यवस्था ल्याउन सकिन्छ भन्ने माओको बिचारमा पाइन्छ ।
माओको नेतृत्वमा सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो ।
नेपालका कम्युनिष्ट पार्टीहरुले माओ विचारधारालाई अगांले पनि एकै ठाउमा भने उभिन सकेका छैनन् । माओकै सिद्धान्तमा टेकेर तत्कालिन नेकपा माओवादीले दश वर्षसम्म सशस्त्र संघर्ष गरेको थियो । तर पार्टी शान्तिप्रक्रियामा आएसँगै टुक्रिएर जनयुद्धका क्रममा मुख्य भुमिकामा रहेका शिर्ष नेताहरु मोहन बैद्य, नेत्रविक्रम चन्द लगायतले छुट्टै पार्टीको नेतृत्व गरिरहेका छन् । विप्लवले नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टीले अहिले वैज्ञानिक समाजवाद स्थापनाका लागि एकिकृत जनक्रान्ति जारी राखेको छ ।
भने जनयुद्धका क्रममा शिर्ष भूमिकामा रहेका अर्का नेता प्रचण्डले अन्तत तत्कालिन नेकपा एमालेसँग पार्टी एकता गरेर अहिले सत्तामा नै रहनुभएको छ ।
उता अर्का नेता मोहन बैद्यले क्रान्तिकारी माअेवादीको नेतृत्व गर्नुभएको छ भने डा बाबुराम भट्टराईले पनि नयाँ शक्तिको नेतृत्व गर्नुभएको छ । अन्य कम्युनिष्ट पार्टीहरु पनि समय समयमा बिभिाजित हुदै आएका छन ।
माआकोे जन्म सन् १८९३ डिसेम्वर २६ का दिन चिनको साओसानमा भएको थियो भने मृत्यु सन १९७६ सेप्टेम्बर ९ मा चिनकै बेइजिङमा भएको थियो ।