अब गाउँ शहरबाट दलालहरु भुमिगत हुनु पर्ने बेला आउँदै छः नेकपा नेता पुन

अब गाउँ शहरबाट दलालहरु भुमिगत हुनु पर्ने बेला आउँदै छः नेकपा नेता पुन

  • सोमवार, पुस ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले साेमबार सदरमुकामकाे खुलामञ्चमा बिशाल जनसभा गरेकाे छ । उक्त जनसभामा सामना साँस्कृतिक परिवारकाे बेजाेड प्रस्तुति रहेकाे थियाे ।

जनसभालाई पार्टीका पाेलिट ब्युरो सदस्य ओम प्रकाश पुनले संबाेधन गरेका थिए । संबाेधनकाे क्रममा नेता पुनले दार्चुला जिल्ला भारतीय साम्राज्यवाद काे निकै उत्पिडनमा परेको र लिपु लेक र लिम्पियाधुरा हराएको भुमि हाे भन्दै अहिले नेपालकाे नक्सा दस हजार वर्ग किलोमिटर घट्दा समेत दलालहरु माैन बस्नु दुखद भएको बताएका थिए ।

हाम्रो पार्टी सम्पूर्ण राष्ट्रघाती र जनघाती कृयाकलापकाे बिरुद्ध सशक्त प्रकारले खडा भएको छ । दलाल पुजीवादी सिबिरकाे समानान्तर आफ्नाे पार्टीले समाजवादी सत्ता खडा गरेर अगाडि बढेको दाबि गर्दै पुनले भने अब भुमिगत हामी हैन कि गाउँ शहरबाट दलालहरु भुमिगत हुनु पर्ने छ ।

प्रचण्डको साथमा सति गएर माओवादी आन्दोलनबाट बिचलित हुने र अन्य दुलाेमा गएर टाउको लुकाउने अधिकार जनयुद्ध लडेका कुनै पनि माओवादीलाई नभएको जिकिर गर्दै माअाेवादीकाे कार्यभार बैज्ञानिक समाजवादी क्रान्ति पूरा गरेर मात्रै हुने बताएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देबिदत्त पाण्डे , अनेमसंघ क्रान्तिकारी कि केन्द्रीय सदस्य ममता सुर्खेती, अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य बिरेन्द्र शाह लगाएतले संबाेधन गरेका थिए .

आराेह नेपालीको संचालन , जिल्ला इन्चार्ज जिवनकाे अध्यक्षता र लाेकेश काे स्वागत मन्तब्यबाट सुरु भएको जनसभामा पार्टीका महाकाली ब्युरो सदस्य संघर्ष , सामना सहिद परिवारबाट जंगबिर बिस्ट, दार्चुला बहुमुखी क्याम्पस प्रमुख कृण्ण सिङ साँउद, नमुना उच्च माबिका प्रधानाध्यापक रामदत्त जाेशी , नेपाली काँङग्रेस का जिल्ला सचिव हरकसिङ बिष्ट, राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष मनबिर दमाई लगायतको सहभागिता थियो ।

सभा पुर्व जुलुसले नगर परिक्रमा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ