धनगढी, ९ पुस ।
आमाको माया छात्रावासमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धनगढी शाखाले छात्रावासमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
धननढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम छात्रावासमा रहेकाहरुलाई चिसो मौसममा राहत होस भन्नकालागि कपडा वितरण गरिएको हो ।
वैंकको धनगढी शाखा प्रवन्धक खोनीसेभ ढुंगानाले २५ हजार बराबरका सामाग्री वितरण गरेका हुन् । कार्यक्रममा वैंकका सवै कर्मचारीहरुको पनि सहभागीता रहेको थियो ।
साथै वालवालिकाहरुलाई स्टेशनरी सामाग्री समेत प्रदान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
