उदयपुर, ८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरका इन्चार्ज केदार राई गिरफ्तार परेकाे १ सय ७२ दिनपछि आइतबार रिहा भएका छन् ।
ने.क.पा. सगरमाथा व्यूरो सदस्य समेत रहेका राई गत असार १६ गते काठमाडौँको ग्रामिण आदर्श कलेज नेपालटारको कार्यक्रमबाट गिरफ्तारमा परेका थिए । राई सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट मार्फत रिहा भएका हुन् ।
काठमाडाैंबाट गिरफ्तार गरि उदयपुर पुर्याइएका राइलाइ १५ दिन हिरासतमा राखेपछि कारागार चलान गरिएकाे थियाे ।असार २८ गते उदयपुर पुर्याई बम विष्फोटन तथा ज्यान मार्ने उद्योग र अंगभंग सम्वन्धि कसुर अन्तर्गत जिल्ला अदालत उदयपुरको आदेशले पुर्पक्षको लागि कारागार चलान गरेकोमा आइतवार स्वाेच्चकाे आदेशमा १५७ दिनकाे कारागार वसाई पछी गाईघाटबाट आज रिहा गरिएकाे हाे ।
रिहाइपछि राईकाे ने.क.पा. नेता कार्यकर्ता र आफन्त तथा शुभचिन्तकले स्वागत गरेका थिए ।
नेता राई रिहा भएपछि जिल्ला अदालत उदयपुरको गेटै अगाडि अविरको टीका लगाई फुलमाला र खादा ओढाई स्वागत गरिएको छ । नेकपाका सगरमाथा ब्युरो इन्चार्ज दिपेशको नेतृत्वमा जिल्ला इन्चार्ज बाबुराम सुवेदी, किरात जनसरकारका उपप्रमुख जितबहादुर पुलामीसहित दर्जनाँै नेताकार्यकर्ता आइतबार बिहान १० बजे नै जिल्ला अदालत उदयपुर पुगेका थिए ।