झापा/ पौष ८ ।
आफ्नो सांगठानिक अभियानलाई तिब्र बनाउँदै लगेको नेपाल कम्युनिस्ट पार्टिको अभियान झापा जिल्लामा पनि तिव्र बन्दै गएको छ ।
संगठन सुदृढीकरणको निम्ति संचालनमा ल्याइएको अभियानात्मक कार्यक्रम झापामा प्रभावकारी हुँदै गएको बताइएको छ ।
अभियानमा जनताको व्यापक र उत्साहमुलक सहभागिता रहेको र जनताले क्रान्तिमा आफ्नो भुमिका खोजेको अभियान्ताहरुले बताएका छन । अभियान कार्यक्रममा जनताले सरकारको क्रियाकलापको भण्डाफोर गर्दै स्थानिय निकायमा देखिएको भ्रष्टाचार, कालोबजारी र अनियमितता रहेको दुखेसो पोख्दै नेकपा संग कार्वाहीको माग राखेका छन ।
अभियान झापा जिल्लाको गौरादह नगरपालिकाबाट सुरु भएको थियो । त्यसपछि झापा गांउपालिका, कन्काइ नगरपालिका, गौरिगंज गांउपालिका, बुद्धशान्ती गांउपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिकामा अभियान सम्पन्न भएको एक अभियान्ताले बताए ।
अन्य बाकीँ नगर पालिका र गाउँ पालिकाहरुमा लगातार अभियान चल्ने बताइएको छ । अभियानमा झापा जिल्ला इन्चार्ज सौगात, सेक्रेटरी सुमनसिंह, युवा, मजदुर, सुकुम्बासी , महिला लगायतका जनबर्गिय संगठनका प्रतिनिधीहरुको समेत सहभागिता रहेको छ ।
पार्टी सदस्यता नवीकरण, सदस्यता आवेदन साथै स्थानिय कमिटिहरुको गठन, पुनर्गठन र स्थानिय जनबर्गिय संगठनहरु पनि निर्माण भैरहेको जानकारी अभियान्ताहरुले दिएका छन् ।
