नेपाल कम्युनिस्ट पार्टीकाे बैतडीमा जनसभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीकाे बैतडीमा जनसभा सम्पन्न

  • शनिबार, पुस ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

नेपाल कम्युनिस्ट पार्टी बैतडीको आयोजनामा शनिबार सदरमुकाम गोठालापानीमा बिशाल जनसभा सम्पन्न भएको छ । कार्यक्रमलाई पार्टीका पोलिट ब्युरो सदस्य ओम प्रकाश पुनले प्रमुख बक्ताको रुपमा संवोधन गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता पुनले प्रचण्ड र बाबुरामको पतन भनेको महासचिव कमरेड बिप्लवले भने झै सामान्य पतन नभएर महापतन भएको बताएका छन् । कार्लकाउत्कि र वर्नस्टिनको दक्षिणपन्थी संसोधनवाद जो संसदबाट समाजवादमा जाने बिचलनको बाटोलाई रुसमा ख्रुस्चोभ र नेपालमा एमाले हुदै हाल प्रचण्डले बोकेर हिडेका छन् जो जनताप्रतिको ठुलो जालझेल र धोका हो नेता पुनको दाबी थियो । बिगत जनयुद्धको बेला एमालेले ओकल्दै आएको ख्रुस्चोभि बासि डकार हाल साविक माओवादी केन्द्रका प्रचण्ड मण्डलिले ओकल्दै आएकोमा त्यसको भ्रमलाई चिर्न आबश्यक रहेकोप्रति जोड दिदै पिबिएम पुनले अब एकीकृत जनक्रान्तीमार्फत समाजवाद स्थापना हुने बताए ।

सभालाई पार्टीका केन्द्रीय सदस्य देविदत्त पाण्डेले संबोधन गर्दै निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेकोले आफ्नो पार्टीले त्यसको छानबिन गरिरहेको बताएका थिए । सभामा अखिल (क्रान्तिकारी)का महाकाली ब्युरो संयोजक बिरेन्द्र शाह, अनेमसंघ क्रान्तिकारी कि केन्द्रीय सदस्य सर्मिला थापा, महाकाली ब्युरो कार्यालय सचिव संघर्ष, महिला नेतृ तथा महाकाली ब्युरो संयोजक ममता सुर्खेती, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो संयोजक श्याम भट्ट लगाएतको सहभागिता र संबोधन रहेको थियो ।

कार्यक्रममा पुर्व माओवादी केन्द्र लगाएतबाट २८ जनाले पार्टी प्रबेश गरेका छन् । पार्टीका नवप्रबेशिलाई पार्टी पिबिएम ओम प्रकाश पुन र केन्द्रीय सदस्य डिडि पाण्डेले टिकालगाएर स्वागत गरेका थिए । आरोह नेपालीको संचालन जिल्ला इन्चार्ज बासुदेवको अध्यक्षता र जिल्ला सचिव राम कुवरको स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ