छबि नभएका छबिलाल भए प्रचण्ड : नेकपा नेतृ आस्था

छबि नभएका छबिलाल भए प्रचण्ड : नेकपा नेतृ आस्था

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पुष ५ गते, गोरखा । 
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो ईन्चार्ज सावित्रा दुरा आस्थाले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा एउटा बदनाम भैसकेको कम्पनीलाई सुम्पनुको पछाडि नीतिगत र संस्थागत भ्रष्टाचार तथा कमिसनको खेल रहेको बताएकि छन ।

कार्यक्रममा सम्बोधन गर्दै ब्युरो ईन्चार्ज आस्थाले नेपालीहरुकै लगानीबाट निर्माण गर्न सकिने सम्भावना हुँदाहुँदै राष्ट्रिय गौरवको कमिसनको चलखेलमा गेजुवालाई दिएको बताएकि छन ।

बुढीगण्डकी जलविद्युत परियोजना निर्माणका लागि २ खर्ब ५० अर्ब रूपैयां लागतको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सहयोग गर्न गैर(आवाशीय नेपालीहरूलाई आग्रह गर्नु सकिने उनले बताईन । उनले अहिले वर्षको ४ खर्ब रूपैयाँभन्दा बढी रेमिटन्स आउछ विश्वासिलो ढंगबाट योजना पेस गर्ने हो भने सन्सारभरका गैर आवाशीय नेपाली मिलेर २ खर्ब ५० अर्ब लगानी गर्न धेरै कठिन हुदैन तर सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै गैरकानुनी बाटोबाट कमिसनको चलखेलमा कालोसूचीमा परेको कम्पनी लाई ठेक्का दिनु गलत भएको उनको तर्क थियो ।

गोरखाको आरुघाटमा आयोजित बिशाल सभालाई सम्बोधन गर्दै नेतृ आस्थाले दशबर्षे जनयुद्ध लडेका प्रचण्डले आफु साक्षी बसेर बुढीगण्डकी विवादास्पद कम्पनी लाई बेचेको टिप्पणी गरिन उनले प्रचण्ड जनयुद्ध लाइ धोका दिएर प्रचण्ड बाट पुष्पकमल बनेको र पछिल्ला गतिविधिले छबि नभएका छविलाल बनेको टिप्पणी गरेकि छन उनले आयोजना बाट ४५ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुन्छन तर सरकारले मुअब्जा दिने बिषयमा बिभेद गरेको बताईन ।

उनले भनिन हामी बिकास बिरोधि होइनौं तर राष्ट्रियता लाई कमजोर बनाएर कमिसनको भरमा विवादास्पद कम्पनीलाई दिन गम्भीर त्रुटि भएको उनको जिकिर थियो । आयोजनाले व्यक्तिका नाममा रहेको ५८ हजार रोपनी र बाँकी सरकारी स्वामित्वमा रहेको गरी डेढ लाख रोपनी जमीन ओगट्ने छ ।
आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । भौतिकरुपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् भने आर्थिक रुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या विस्थापित हुनेछन् ।


आयोजनाबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमिन र गोरखाको ३१ हजार ९ सय रोपनी जमिन डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्ने छ ।
अहिले पनि आरुघाट आसपासका जनता सो परियोजनाको प्रक्रियाको बिरोध गर्दै आईरहेका छन । कार्यक्रममा सयौं सङ्ख्यामा स्थानिय लगाएत नेकपा का नेता कार्यकर्ताको सहभागीता रहेको थियो भने कलाकारहरुले बिबिध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रम नेकपा गोर्खा ईन्चार्ज योगेन्द्र कुमालले अध्यक्षता, धादिङ सेक्रेटरी बुद्ध गुरुङको सञ्चालन र गोर्खा सेक्रेटरी कपिल भट्टको स्वागत सगै कार्यक्रम शुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ