नेकपा स्थायी कमिटी बैठकमा आज पनि नेतृत्वको कडा आलोचना

नेकपा स्थायी कमिटी बैठकमा आज पनि नेतृत्वको कडा आलोचना

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, पुस ६ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज तीन घण्टा बसेर स्थगित भएको छ । बिहान साढे ८ बजे सुरु भएको बैठक सवा ११ बजे स्थगित भएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा आज पनि नेतृत्वको आलोचना भएको छ । आज सातजना सदस्यले आफ्ना धारणा राखेका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने स्थायी कमिटीका अधिकांश सदस्यहरुले पार्टी र सरकार सञ्चालनको विधि गलत भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको र पार्टी एकीकृत प्रक्रिया टुंगो लाग्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी एकता घोषणा भएको लामो समयसम्म पनि एकता प्रक्रियालाई टुृंग्याउन नसकेको, पार्टी क्रियाशील हुन नसकेकोलगायतका विषयमा उनीहरुले नेतृत्वको कडा आलोचना गरेको स्रोतले जनायो ।

आजको बैठकमा मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो धारणा राखे ।

गत मंसिर २९ गतेदेखि जारी स्थायी कमिटीको बैठकमा आज सदस्यहरुले धारणा राख्ने क्रम अझै सकिएको छैन । स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा आजसम्म ४१ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।

आजको बैठक भोलि बिहान ८ बजे फेरि बस्ने गरी स्थगित भएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ