पार्टीको महाधिवेशन फागनुमा गर्न कांग्रेस नेता पाैडेलकाे प्रस्ताव

पार्टीको महाधिवेशन फागनुमा गर्न कांग्रेस नेता पाैडेलकाे प्रस्ताव

  • बिहिबार, पुस ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, ५ पुस ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन विसं २०७६ फागनु ७ मा गर्न प्रस्ताव गर्नुभएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही पुस ४ गतेको बैठकमा सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी लिखित मन्तव्य राख्दै उहाँले पार्टीको जारी महासमितिको बैठकपश्चात् पार्टी सङ्गठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्न सुझाउनुभयो ।

अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यही पुस १६ गतेदेखि २०७८ वैशाखसम्मका विभिन्न अभियानको तालिका सार्वजनिक गर्नुभएको छ ।

“पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ । कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्छ । हाम्रा सदस्यलाई वैचारिक र साङ्गठनिक प्रशिक्षण दिनुपर्छ, कम्युनिष्टले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्छ”, उहाँको मन्तव्यमा उल्लेख छ ।

वरिष्ठ नेता पौडेलले सबै भ्रातृसंस्था र जनसम्पर्क समितिको समयमै अधिवेशन सम्पन्न गर्ने, समयबद्ध काम गर्ने बानी बसाल्ने, पार्टीका सबै तहका नियमित बैठक गर्ने र बैठकका एजेण्डा समयसापेक्ष बनाई व्यवहारमा नै लोकतान्त्रिक समाजवादी पार्टी निर्माणमा जुट्ने अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

उहाँले अभियानअन्तर्गत विसं २०७५ पुस १६ गतेदेखि वर्षभरि गर्ने विभिन्न जागरण अभियान गर्नुपर्ने र विसं २०७५ पुस १६ देखि विसं २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने सुझाव पेश गर्नुभएको छ ।

त्यस्तै विसं २०७६ असोज मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नवीकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७६ मङ्सिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा÷ गाउँपालिका, नगर÷उपमहानगर÷महानगरपालिका अधिवेशन सम्पन्न गर्ने र विसं २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र÷प्रतिनिधिसभा एवं निर्वाचन क्षेत्र÷जिल्ला अधिवेशन सम्पन्न गर्ने तालिकामा उल्लेख छ ।

विसं २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने, २०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने, विसं २०७६ चैतबाट विसं २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिको वैचारिक तथा सङ्गठनात्मक प्रशिक्षक प्रशिक्षण तालीम सञ्चालन गर्ने नेता पौडेलको सुझाव छ ।

विसं २०७७ चैत मसान्तसम्म जनसरोकारका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने, विसं २०७८ वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने उहाँको लिखित मन्तव्यमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ