कांग्रेस महासमिति बैठक गुटगत गोलचक्करमा, नेताहरुको गुटगत स्वार्थका कारण बैठक नै अन्योलमा

कांग्रेस महासमिति बैठक गुटगत गोलचक्करमा, नेताहरुको गुटगत स्वार्थका कारण बैठक नै अन्योलमा

  • बिहिबार, पुस ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, पुस ५ । कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ ।

पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला, शनिबार सुरु भएको बैठक निर्धारित समयभन्दा एक दिन लम्बिसकेको छ ।

सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निरास बनेका हुन् ।

पार्टीको सांगठनिक स्वरुपलाई नयाँ संवैधानिक व्यवस्थाअनुसार परिवर्तन गर्न तथा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएको हारलाई शक्तिमा बदलेर संगठन निर्माणमा जुट्ने लक्ष्यसहित महासमिति सदस्य काठमाडौं आएका थिए । महासमिति सुरु भएको पाँच दिनसम्म पनि मुख्य विषय विधान संशोधन प्रस्ताव पेस नभएपछि नेताहरु जिल्ला फर्कने कि बस्ने भन्ने अन्योलमा छन् । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ