नेपाल र अमेरिकाबीच भयाे यस्ताे सहमती

नेपाल र अमेरिकाबीच भयाे यस्ताे सहमती

  • बुधबार, पुस ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, ४ पुस । नेपाल–अमेरिकाका विदेशमन्त्रीबीच दुइ देशकाे राजनीतिक सहकार्य, विकास सहयोग र सम्बन्ध विस्तार अर्को तहमा लैजाने सहमति भएको छ । परराष्टन्मन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइक पोम्पेओबीच नेपाली समय अनुसार मंगलबार राति  भएको एक घण्टा लामो छलफलमा परिवर्तित विश्वराजनीतिलाई नयाँ चरणमा सहकार्य अघि बाउने सहमति भएको हो ।

अमेरिकाले नेपाललाई यस क्षेत्रको लागि बृहत रणनीतिक सहकार्य भन्दै आएको छ । डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा भएको छलफलमा ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्था, अमेरिकासँगको सहकार्य, आवश्यक सहयोग र मुलुकको प्राथमिकता बारेमा खुलेर धारणा राख्नुभएकाे थियाे ।

पोम्पेओले अमेरिकाले नेपाललाई दिंदै आएको प्राथमिकता, विकासको क्षेत्रमा गर्ने सहकार्य र विश्व तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिका लगायतमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएकाे थियाे ।

नेपाल र अमेरिकाबीच रहेका सबै प्रकारको सम्बन्धकाबारेमा छलफल भएको बताइएकाे छ । अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेरिरहेको भन्ने सन्दर्भमा १७ बर्षपछि नेपाल अमेरिकाबीच यो स्तरको औपचारिक छलफल भएको हो । नेपालले आफ्ना छिमेकीहरुसँग संयन्त्र स्तरमा छलफल गर्दै आएको भएपनि अमेरिकासँग यो स्तरको वार्ता जुराउन सकेको थिएन ।

वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले आगामी १२ बर्षभित्र  नेपाललाई मध्यम आय भएको मुलुकमा लैजाने गरी योजनाहरु तय गरिएको बताउनु भएकाे थियाे । अमेरिकाले नेपालको स्तरोन्नतीका लागि दिनसक्ने र गर्नसक्ने सहयोगका आयमबारे पनि छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । राजनीतिक सम्बन्धका बारेमा पनि छलफल भएको थियो । नेपालमा संविधान गरी जारी तीन तहको निर्वाचन भएको र आगामी दिनमा  राजनीतिक स्थिरता कायम हुने लगायतका विषयमा खुलेर छलफल भएको बताइएको छ ।तस्बिर सौजन्य : अमेरिकास्थित नेपाली दूतावास। 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ