दुई पार्टीबिच एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको नेताहरूकाे दाबीः ‘एकताकै नाममा लखेटियो’

दुई पार्टीबिच एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको नेताहरूकाे दाबीः ‘एकताकै नाममा लखेटियो’

  • बुधबार, पुस ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र पार्टी एकतापछि गुटबन्दीले जटिलता पैदा गर्न थालेकेा छ ।प्रभावशाली नेताहरूले नै दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरेका छन् । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप-प्रत्यारोपमा उत्रिए ।

स्थायी समिति सदस्य भीम रावलले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना मात्रै गरेनन् कि लिखित रूपमा ३५ बुँदे फरक धारणा राखे ।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भएपनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे। ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पूर्ण कमिटी र महाधिवेशन कसले गर्ने ? यो कुनै व्यक्तिको इच्छा अनुसार हुने हो र ? प्रतिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने ? कुन निकायले निर्धारण गर्ने ? ’ रावलले लिखित धारणा राख्दै टिप्पणी गरेका थिए।

यस्तै नेता योगेश भट्टराईले पार्टी एकताका नाममा फरक मत राख्ने नेता-कार्यकतालाई लखेटिएको भन्दै नेतृत्वले भविष्यमा चैनको निद्रा सुत्न नसक्ने टिप्पणी गरेका थिए। ‘एकताका नाममा एउटा विचार समूहका नेतालाई लखेट्ने, सिध्याउने काम गरिरहनुभएको छ। मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न,’ भट्टराईले भने, ‘म महाधिवशेनवाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र अहिले यो कमिटीमा छु। तर यो स्थायी समिति एमालेको नेताहरूबाट छनौट हुने भएको भए सायद म यहाँ हुने थिइन।’

मंगलबारसम्म स्थायी समितिका १८ नेता बोलिसकेका छन्। बैठकमा ४५ स्थायी समिति सदस्य, यसअघिका अनुशासन आयोगका अध्यक्षहरू अमृत बोहोरा र अमिक शेरचन, थप ४ जना आमन्त्रित गरी ५१ जना नेता सहभागी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ