‘संविधान संशोधनको शर्तमा सरकारमा सहभागी’

‘संविधान संशोधनको शर्तमा सरकारमा सहभागी’

  • मङ्लबार, पुस ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

नेपालगञ्ज, ३ पुस ।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले संविधान संशोधन गर्नुपर्ने सर्त राखेर आप्mनो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ ।

आज यहाँ आयोजना गरिएको सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं ५ र कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका अवसरमा उहाँले सर्त पूरा गर्न सरकारको नेतृत्व गरेको दल सकारात्मक रहेको जानकारी गराउनुभयो ।

आप्mनो मन्त्रालयले आवश्यकताका आधारमा जिल्लामा बजेट खर्च गरिरहेको उल्लेख गर्दै उपेक्षामा परेको कर्णाली प्रदेशका लागि पनि ठोस विकास योजना बनाउने तयारीमा रहेको बताउनुभयो । प्रशिक्षणमा सहभागी अगुवा कार्यकर्ताले जिल्लामा गएर पार्टी सङ्गठन विस्तारका लागि खटिनुपर्ने र ग्रामीण तहसम्म सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा वरिष्ठ नेता अशोक राईले आफ्नो दल तराई, पहाड र हिमालसम्म सङ्गठन विस्तार अभियानमा लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ