बझाङ, ३ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टी बझाङले सदरमुकाम चैनपुरमा विशाल जनसभा तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा बाेल्दै पार्टीका पाेलिट ब्युरो सदस्य ओम प्रकाश पुनले केपी ओली र प्रचण्ड कम्युनिस्ट मात्रै नभएर सामान्य बामपंथी पनि नरहेको बताउनु भएकाे छ । उहाँले देशका प्राकृतिक श्राेत बिदेसिकाे हातमा बेच्ने , शिक्षा , स्वास्थ्यलाई निजीकरण गर्ने, राष्ट्रघाती र जनघाति काम गर्ने कम्युनिस्ट हुन नसक्ने बताउनु भयाे ।
कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सिद्धराज थापा लगाएत काङ्ग्रेसबाट समेत गरि दुई दर्जनले पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा सामना र स्थानीय कलाकारले आफ्नाे प्रस्तुति देखाएका थिए । कार्यक्रम भन्दा पहिले बाजागाजा सहित हजारौं जनताको जुलुसले नगरपरिक्रमा गरेकोे थियो ।
सामना परिवारका उदियमान प्रतिभा आरोह नेपाली काे सञ्चालन , पार्टी जिल्ला इन्चार्ज लक्ष्मण बुढाकाे अध्यक्षता र जिल्ला सचिव भरत मल्लले स्वागत गरेका थिए ।
कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्का, दलित मुक्तिमोर्चाका सेती महाकाली संयाेजक बिरु तिरुवा, अखिल क्रान्तिकारी का सेती संयाेजक लाेकेन्द्र सार्की, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती सिंह, सेती ब्युरो न्याय बिभाग प्रमुख अमर, ट्रेडयुनियन महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लाेकबहादुर पल्लिमगर, पुर्व जिल्ला इन्चार्ज लक्ष्मण खड्का , महिला संघ क्रान्तिकारी कि केन्द्रीय सदस्य सर्मिला थापा लगायतले संबाेधन गरेका थिए ।