नेकपामाथिको दमन रोकिएन, सर्लाही इन्चार्ज र सेक्रेटरीसहित आधा दर्जन गिरफ्तार

नेकपामाथिको दमन रोकिएन, सर्लाही इन्चार्ज र सेक्रेटरीसहित आधा दर्जन गिरफ्तार

  • मङ्लबार, पुस ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं, ३ पुस ।

नेकपामाथि सरकारले दमन जारी राखेको छ । वर्तमान संविधान र शासन प्रणालीलाई नै अस्वीकार गर्दै संघर्षमा उत्रिएको नेकपामाथि गठनकालदेखि नै सरकार असहिष्णु बन्दै दमन र हस्तक्षेपलाई निरन्तरता दिँदै आएको छ ।

हिजो सोमबार मात्र नेकपाको सर्लाही जिल्ला नेतृत्वसहित आधा दर्जन जिल्ला नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला ईन्चार्ज कुमार पौडेल, सेक्रेटरी राजन बस्नेतलगायत ६ जनालाई पार्टी कामका रहेकै बेला गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

त्यस्तै जिल्ला नेता लालबहादुर तामाङ, सिताराम र राम पुकार राम तथा जनप्रतिनिधिस सभाका सभामुख जनक राउतलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई सर्लाहीको पोखरीयाबाट सोमबार बेलुका जनप्रतिनिधिस सभाका सभामुख जनक राउतलाई गिरफ्तार गरेको जनाइएको छ ।

नेताहरुको गिरफ्तारको घोर भत्सर्ना पनि नेकपाले गरेको छ । सरकारले नेकपाको वैज्ञानिक राजनीतिक कार्यक्रमलाई सहन नसकेर राजनीतिक पूर्वाग्रही रुपले गिरफ्तार गरेको भन्दै सबै नेताहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न उसले जोडदार माग गरेको छ । अन्यथा, कडा संघर्षको घोषणा गर्न पार्टी बाध्य हुने समेत जनाइएको छ ।
ईन्चार्ज पौडेल सर्लाहीको सगरनाथ वन परियोजना क्षेत्रभित्र रहेका सयौं सुकुम्बासीलाई परियोजनाले जनपथ र सशस्त्र प्रहरी बल लगाएर जबर्जस्त हटाउन खोज्दा सुकुम्वासीको अधिकारको पक्षमा दृढतापूर्वक मोर्चाबन्दीसाथ लडेका नेता हुन् । त्यसयता क्षेत्रभित्र बस्ती हटाएर नयाँ बिरुवा रोप्ने कोशिस गर्दै आएपनि निकैहदसम्म परियोजना हच्किएको छ ।

स्मरणीय छ, यसअघि गत साउन २२ मा नेकपाका प्रवक्त प्रकाण्डलाई समेत गिरफ्तार गरी झुठा मुद्दा लगाइएकोमा सर्वोच्च अदालतले झुठा ठहर गर्दै खारेज गरी रिहाको आदेश दिएको थियो । त्यसपछि प्रकाण्ड अहिले गाउँबस्ती र जनतामाझ पार्टीको कार्यक्रम लिएर पुगिरहेका छन् । हाल उनी गृहजिल्ला कालिकोट पुगेका छन् । त्यहाँ उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाबारे अन्तक्रिया, छलफल र विकास निर्माणमा स्थानीयसँगै श्रममा जुटिरहेका छन् ।

नेकपाले हालको शासन व्यवस्थालाई ‘दलाल संसदीय व्यवस्था’को संज्ञा दिई त्यसलाई भत्काएर वैज्ञानिक समाजवादी लागू गर्ने भनेको छ । त्यसनिम्ति उसले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा समेत करिब दुई वर्षपहिल्यै महाधिवेशनबाट टुंगो लगाइसकिएको हो । त्यसपछि उसले ‘जनसंविधान’ समेत घोषणा गर्दै सरकारले आयोजना गरेको स्थानीय, प्रदेश र संघको सबै चुनाव सशक्त बहिष्कार गरेको थियो ।

नेकपा अहिले देशभर कम्युनिस्ट अभियानमा छ । संगठन विस्तार सुदृढीकरणलाई पनि उसले तीव्रता दिइरहेकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ