पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन, प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेताद्वारा दुःख ब्यक्त 

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन, प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेताद्वारा दुःख ब्यक्त 

  • मङ्लबार, पुस ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं, पुस ३ । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएकाे छ ।आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ ।

राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्याे । उहाँकाे कलेजोमा क्यान्सर रोग लागेपछि झण्डै १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे थियाे ।अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उहाँको मृत्यु भएको हो ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिनुहुन्थ्याे ।  महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लाग्नुभयाे ।

०६१ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उहाँ पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिनुभयाे । राजतन्त्र ढलेपछि भने उहाँ नेपालमै बसेका थिए ।गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।

गिरिरकाे निधनप्रति दुःख ब्यक्त 

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति राजनीतिक बृत्तले दुःख प्रकट गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीदेखि लिएर प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतले गिरीको निधनप्रति दुःख प्रकट गरेका छन् । उनीहरुले ट्वीटरमार्फत गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा भनिएकाे छ, ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पूर्वप्रधानमन्त्री तुलसी गिरीजीको निधनको खबरले दुःखी भएको बताउनु भएकाे छ । उहाँकाे ट्वीटमा लेखिएकाे छ, स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्दै लेख्नुभएकाे छ, ‘पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा वहाँप्रति हार्दिक श्रद्धाञ्जली र आफन्तजनमा गहिरो समवेदना । फरक राजनीतिक धारमा उभिए पनि वहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो । संसार विपरीतहरुको एकत्व हो । विपरीत प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो । सबैले मनन् गरौं ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ