१ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याएर एकता ताेड्न प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाउनु भएकाे छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भयाे ।
सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दावी गर्दै प्रधानमन्त्री ओलीले प्रहरी तालिम केन्द्र ३ दशकअघि पनौती सार्ने निर्णय भए पनि त्यसलाई अघि सारेर राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको भन्दै राेस प्रकट गर्नुभयाे ।
साेहि कार्यक्रममा सहभागी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ हेर्दै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गर्नुभयाे ।
साेहि कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभयाे ।