पुरानै कांग्रेस बनाउने हाे भने शुवर्णशमशेर र गणेशमानले जस्तै पद अस्वीकार गर्न सक्नुपर्छः महत

पुरानै कांग्रेस बनाउने हाे भने शुवर्णशमशेर र गणेशमानले जस्तै पद अस्वीकार गर्न सक्नुपर्छः महत

  • शनिबार, मंसिर २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेस दर्शन र इतिहासको हिसावले अगुवा भएपनि अहिले कठिन अवस्था रहेको बताउनु भएकाे छ ।

कांग्रेसको महासमिति बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सहमहान्त्री महतले भन्नुभयाे,निर्वाचनमा पराजय भयो । प्रतिपक्षमा आउँदा पनि यति कमजोर भूकिमा काहिल्यै थिएन । हामीमा के कमजोरी भयो आत्मसमिक्षा गरौं ।त्यसको आधारमा हिजोको गल्ती सच्याएर पार्टीलाई एक बनाउनु पर्नेमा जोड दिदैँ उहाँले व्यक्तिवादी र गुटवादी प्रवृत्तिबाट माथि उठ्नुपर्ने बताउनु भयाे ।

‘आधुनिक नेपालको मोर्डनाइजर’ गिरिजाप्रसाद कोइराला भएको दाबी गर्दै कोइरालाकै पालामा आधुनिक नेपालको सुरुवात भएको बताउनु भयाे ।

शुवर्णशमशेर र गणेशमान सिंहले राजाले दिएको प्रधानमन्त्री पद अस्वीकार गरेको स्मरण गर्दै डा. महतले भन्नुभयाे, ‘हाम्रा नेताहरुको त्याग छ । विभिन्न समयमा नेताहरुले पार्टी सभापति त्याग गरेका छन् । त्यो स्पीरिट आउन जरुरी छ ।’

कम्युनिस्टहरुले अर्थ व्यवस्थालाई उथलपुथल पारेको भन्दै उहाँले कांग्रेस एकढिक्का हुनुपर्ने बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ