काठमाडौँ, २७ मङ्सिर । सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ ।
सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो ।
न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ अनुसार नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
जोशी केही समयअघि संसदीय सुनुवाइमा असफल भए पनि पुनः सिफारिशमा पर्नुभएको थियो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस तेस्रो सातादेखि उमेर हदका कारण अनिवार्य अवकाश लिँदै हुनुुहुन्छ । उहाँपछि सर्वोच्च अदालतले पनि २७ वर्षपछि पूर्ण कार्यकाल अर्थात् ४ वर्षका लागि प्रधानन्यायाधीश प्राप्त गर्न लागेको छ ।
२०४८ सालमा प्रधान न्यायाधीश भएका विश्वनाथ उपाध्यायले ४ वर्ष कार्यकाल खाएपछि कुनै पनि प्रधान न्यायाधीशले त्यति लामो अवधि पाएका छैनन् । राणा भने ०७९ पुससम्म अर्थात चार वर्ष प्रधान न्यायाधीश हुनुहुनेछ ।
सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका चोलेन्द्रको आजै ‘बर्थ डे’ पनि परेकेा छ । जन्मदिनकै दिन उहाँ सर्वाेच्चकाे प्रधानन्यायधिसमा सिफारीस हुनुभएकाे हाे ।
काे हुन् चाेलेश्वर ?
सन् १९५७ डिसेम्बर १३ मा जन्मिएका चोलेन्द्र समशेर जबरा नेपालको खानदानी राणा परिवारका सदस्य तथा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान अर्थात वीर समशेरका पनाति हुनुहुन्छ ।
जंगबहादुर राणा मरेपछि उहाँका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री हुनुभयाे । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा हुनुभयाे ।
उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन्– चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य भएपनि चोेलेन्द्र राजनीतिमा लाग्नुभएन ।
वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त हुनुभएकाे थियाे । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि बन्नुभयाे ।सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गर्नुभएका उहाँ पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।
सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गर्नुका साथै सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी ट्रेनिङ लिनुभएकाे छ ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका हुन् । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, अहिले उनी नेकपाकै साथ पाएर उहाँ सिफारिसमा पर्नुभएकाे हाे ।