२७ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटामाथि आन्तरिक कारवाही सिफारिस गरिएको छ ।
केन्द्रीय सदस्य किशोर थापा प्रमुख रहेको पार्टीको स्वायत्त न्याय तथा सुशासन आयोगले गत श्रावण १८ र १९ गतेका घटनामाथि गरेको अनुसन्धानपछि दिएको प्रतिवेदनमा उनीमाथि अनुशासन विपरीत आचरण गरेको भन्दै कारवाही सिफारिस गरिएको हो ।
श्रावण १८ गते पार्टीको बखुन्डोलस्थित मुख्यालयको गेटमा केही पुरुष साथीहरुले गीत गाएर बास्कोटालाई हेर्दै हाँसेर अमर्यादित व्यवहार गरिएको उजुरी परेकेा थियाे । साे उजुरीमाथि छानविन गर्दा दावी गरिएअनुसार अमर्यादित घटना भएको नपाइएको प्रतिवेदनमा जनाइएकाे छ तर सो दिनको सीसीटीभी फुटेज भने आयोगलाई प्राप्त नभएकाे बताइएकाे छ ।उक्त दिनकाे सीसीटीभी फुटेज नै नहेरी छानबिन समितिले प्रतिवेदन तयार गरेकेा हाे ।
संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य थापाको उपस्थितिमा असन्तुष्ट समूहसँग भएको छलफलमा बास्कोटा बिना अनुमति प्रवेश गरेको र आक्रोशित मुद्रामा अभिव्यक्ति दिएको भन्ने विषयमा छानिबिन गरिएको थियो । यसमा बास्कोटालाई आयोगले दोषी ठहर गर्दै प्रतिवेदनमा बास्काेटामा पार्टीका मूल्य मान्यता (विनम्रता)को अभाव देखियो अाराेप लगाइएकाे छ ।
यस्तै गत श्रावण १९ गते बानेश्वर ब्याङ्क्वेटमा भएको प्रदेश ३ का जिल्ला संयोजक घोषणा कार्यक्रममा असन्तुष्ट समूहले हाेहल्ला गरेकेा भिडियाे सार्वजनिक भएसँगै भाइरल भएसँगै त्याे घटनाले पार्टीकाे छवी बिग्रन पुगेकाे अायाेगले निश्कर्ष निकालेेका छ ।
उक्त घटनामा बास्काेटालाइ मुख्य दाेषि मान्दै अायाेगले प्रतिवेदनमा भनेकेा छ, बास्कोटाको भाषण असन्तुष्ट साथीहरुलाई अझै आक्रोशित बनाउने परिस्थिति प्रतिकुल, उत्तेजना फैलाउने, असान्दर्भिक र समाधानमुखी नभएको देखियो ।’
यसैगरी पार्टी संयोजक रवीन्द्र मिश्रले क्षेत्राधिकार बाहिर गएर कार्यक्रम समापन घोषणा गरेको प्रतिवेदनमा उल्लेख छ । तर, वानेश्वर घटनाको जिम्मेवारी प्रदेश ३ संयोजक बास्कोटाले लिनुपर्ने र उनले क्षमायाचना आधिकारिक फेसबुक समूहमा राख्नुपर्ने तथा बैकल्पिक राजनीति र नेतृत्वकला सम्वन्धी बन्द प्रशिक्षणमा बस्नुपर्ने भनिएकाेछ ।
यस्तै बास्कोटालाई घटनामा संलग्न सबै व्यक्तिहरुलाई बोलाएर ब्रेकफास्ट, लन्च, डिनर वा चियापान आयोजना गर्न र त्यसको जानकारी आयोगलाई दिन भनिएको छ ।पार्टीका अन्य केही कार्यकर्ताहरुमाथि पनि कारवाही सिफारिस भएको छ ।