देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित, कि सहभागी भएनन् देउवा ?

देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित, कि सहभागी भएनन् देउवा ?

  • बुधबार, मंसिर २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २६ मंसिर । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बुधवार पनि संवैधानिक परिषदको बैठक स्थगित भयाे ।

बिहान ९ बजेका लागि बैठक बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक भाेलीका लागि सारिएकाे छ । बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको छ । अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन् ।

मंगलबार साँझको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । मंगलबार साँझ बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको थियो। तर, बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो ।

कांग्रेस महासमिति बैठक लगायत रहेकाले नेताहरुको व्यवस्थता भन्दै बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ