गाउँ गाउँमा सिहँदरबार होइन भष्ट्र र कामचोरहरु अाए – एटम

गाउँ गाउँमा सिहँदरबार होइन भष्ट्र र कामचोरहरु अाए – एटम

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

कालिकोट ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटमले गाउँ गाउँमा सिहँदरबार होइन भष्ट्र र काम चोर स्यालहरु अाएको बताएका छन । कालिकोटको माल्कोटमा अायोजित विशाल सभामा सम्बोधन गर्दै एटमले सिहँदरबारको भष्ट्रचार गाउँ गाउँमा पुगेर भष्ट्रचारलाई सस्थागत गरेको बताए । स्थानीय चुनावमा नेपाली जनतालाई देखाईएका झुटा सपना १ बर्ष नहुदै नाङ्गिएको भन्दै एटमले अहिलेको सरकार र स्थानीय निकाय कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको दाबी गरे ।
केन्द्रीय सदस्य एटमले प्रचण्ड बाबुरामको गद्दारीले १० बर्ष जनयुद्ध धोका धडिमा टुङ्गिएको भन्दै हजारौं शहिद तथा वेपता परिवारका सपना पुरा गर्ने जिम्मेवारी अाफ्नो पार्टीको काधमा अाएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अादर्शले गाउँ गाउँमा अाएका नयाँ दलाल लाई गाउँ बाट खेदेर गाउँमा नयाँ सता चलाउनु पर्ने बताए ।
उनले वलि र प्रचण्ड सरकारले अाफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर दिएको दुख प्रति अाक्रोस प्रकट गर्दै जनयुद्धको अाधार ईलाकामा गएर जनता सँग माफि माग्न प्रचण्डलाई चेतावनी समेत दिए ।
कालिकोटको माल्कोटमा अायोजित जनसभामा माल्कोट,लालु लगाएतका विभिन्न गाउँ बाट जनताको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता कर्णाली ब्युरो सदस्य बल बहादुर बुढाले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए । कार्यक्रममा सामाना केन्द्रीय परिवारको प्रस्तुति समेत देखाईएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ