मौजुदा कानून कार्यान्वयनका विषयमा समितिले छलफल गर्ने

मौजुदा कानून कार्यान्वयनका विषयमा समितिले छलफल गर्ने

  • सोमवार, मंसिर २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, मंसिर २४ । प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले मौजुदा कानूनमाथि बहस चलाउने भएको छ ।

सिंहदरबारमा विहान ११ बजे बस्ने बैठकमा कानून कार्यान्वयनका विषयमा छलफल गर्न कानून मन्त्रालयका पदाधिकारीलाई बोलाएको समितिले जनाएको छ । विशेषगरी संविधानसँग बाझिएका कानून संसोधन गर्न सरकारले गरिरहेको पहलका विषयमा छलफल हुने समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

लामो समयपछि बस्ने लागेको सो समितिको बैठकले आजै आन्तरिक कार्यविधी पनि बनाउने पोखरेलले बताउनुभयो । आन्तरिक कार्यविधी बनाएर राष्ट्रिय मानव अधिकार आयोग, कानून आयोग लगायत कानून, न्याय र मानव अधिकारको क्षेत्रमा सरोकार राख्ने निकायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने समितिले जनाएको छ ।

यस्तै आन्तरिक कार्यविधीका विषयमा छलफल गर्न राष्ट्रिय सभाको दिगो विकास समितिको बैठक पनि विहान ११ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ