२३ मंसिर, काठमाडौं । पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक सिंहदरवारमा सुरू भएकाे छ । नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएकाे बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु सहभागी छन् ।
बेठकमा प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती विवाद समाधानकाे प्रयासबारे छलफल हुदैछ ।
पछिल्लो समयमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले पोखरामा भेला आयोजना गरेर संघीय सरकारले अधिकारहरु नदिएको गुनासो गरेका छन् भने प्रदेश प्रहरी ऐनबारे प्रदेश २ र संघीय सरकारवीच विवाद छ ।
प्रदेश र संघका विवाद टुंग्याउन गत भदौ २५ मा बोलाइएको अन्तर प्रदेश परिषदको बैठक प्रधानमन्त्री केपी ओलीले स्थगित गरेपछि अहिलेसम्म बैठक बस्न सकेको थिएन ।
यस्तै आजकाे बैठकमा कानून निर्माण, कर्मचारी समायोजन लगायतका साझा समस्याहरुका बारेमा छलफल हुने बताइएकाे छ ।
सुरक्षा, प्रहरी प्रशासन लगायतका साझा एजेण्डाहरुका साथै ठूला आयोजना केन्द्रले, मझौला प्रदेशले र साना आयोजनाहरु स्थानीय तहले गर्ने गरी कुन आयोजना कसको मातहतमा रहने भन्ने स्पष्ट वर्गीकरण गरिनुपर्ने बिषयमा पनि छलफल हुनेछ ।