रोगीका कारण बैठक सरेकाे टिप्पणि गर्दै झलनाथले भने -महन्थको पार्टी र नेकपामा के फरक ?

रोगीका कारण बैठक सरेकाे टिप्पणि गर्दै झलनाथले भने -महन्थको पार्टी र नेकपामा के फरक ?

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

२३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच असमझदारी चुलिएको छ। दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै नौ सदस्यीय सचिवालयका चार जना नेताले शनिबार बैठक नै बहिष्कार गरेका छन्।

शनिबार सचिवालयको बैठक बहिस्कार पछि अाज (अाइतवार) सार्वजनिक कार्यक्रममा बाेल्दै वरिष्ठ नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनका लागि चुनौतीको शिखर सगरमाथाभन्दा अग्लो रहेको बताए ।

खनालले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा भने, ‘टुप्पीमा बसेका एउटा नेताले भर्खरै एउटा बैठकमा के उद्गार गर्नुभयो भने नेकपा भनेको कुनै आइडोलोजिकल पार्टी होइन ।’

खनालले थपे, ‘उसो भए महन्थको पार्टी र नेकपामा के फरक भयो ? कम्युनिस्ट पार्टी भनेको आइडोलोजिकल, सैद्धान्तिक र दार्शनिक पार्टी पनि हो, राजनीतिक पार्टी मात्र होइन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यो सरकार डुब्यो भने नेकपा पनि डुब्ने चेतावनी दिए । उनले सरकारको काम राम्रो नभएकाले पुनर्निर्माण गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

चुनाव खर्चिलो बन्दै गएको भन्दै समाजवादी बाटोतर्फ लैजान सरकारलाई सुझाव दिदै खनालले राष्ट्रियता कमजोर बन्दै गएको बताए । सरकारले समेत थाहा नपाउने गरी गुप्त सम्मेलनहरु भइरहेको भन्दै उनले पश्चिमा शक्तिले तराई टुक्राउन खोजिरहेकोले त्यसतर्फ पनि सचेत रहनुपर्नेमा पनि जाेड दिए ।

हिजो मात्रै हाम्रो बैठक रोगीका कारण सर्‍यो रे । एउटा रोगी आएछ । खनालले भने, ‘कहिलेकाँही ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ