अन्तरप्रदेश परिषद् बैठक आज बस्दै

अन्तरप्रदेश परिषद् बैठक आज बस्दै

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

काठमाडौं, मंसिर २३ ।
बहुप्रतीक्षित अन्तरप्रदेश परिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री कार्यालयमा विहान ११ बजे पछि बस्ने बैठकमा संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, आवश्यक कानुन निर्माणलगायत विषयमा छलफल हुनेछ ।

प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलोपटक परिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री हिजै संघीय राजधानी आएर राजनीतिक भेटघाट सुरु गरेका छन ।

उनीहरूले बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेका छन । परिषद् बैठकमा प्रधानमन्त्री, केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरूको सहभागिता रहने व्यवस्था छ ।

बैठकबाट संघ र प्रदेशबीचको वित्तीय व्यवस्थापन, बजेट खर्च, विकास योजनाको कार्यान्वयन, योजना हस्तान्तरण, कार्यालय हस्तान्तरण, संगठन संरचना,कर्मचारी समायोजन, प्रहरी प्रशासनको परिचालन, आवश्यक कानुन निर्माणजस्ता दर्जनौं विषयमा ठोस निष्कर्ष आउने प्रदेश सरकारको अपेक्षा छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार सञ्चालन र सेवा प्रवाहमा आफूहरूले भोग्दै आएका समस्या बैठकमा राख्ने बताउनु भयो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले परिषद् बैठकबाट प्रदेश सरकारहरूको ठूलो अपेक्षा रहेको बताउनु भयो ।

उहाँले प्रदेश सरकार कार्यकारी हिसाबले पूर्ण रूपमा सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । परिषद् बैठक पहिलोपटक बस्ने भए पनि प्रधानमन्त्री तथा मुख्यमन्त्रीहरूबीचको औपचारिक बसाइ भने दोस्रो हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ