२२ मंसिर, काठमाडौं । चार शीर्ष नेताको बहिस्कार पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटी बैठक बाेलाएकाे छ । बैठक मंसिर अर्को शनिबार बस्ने भएको छ ।
चार शीर्ष नेताको बहिस्कारका बीच बसेको सचिवालय बैठकले २९ गते शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो ।
स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले अाजकाे बैठक बहिष्कार गरेका थिए ।
बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको थियो । २० मिनेटसम्म पनि बैठक सुरु नभएपछि नेताहरु बाहिरीएका थिए । महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहेकाले बैठक बस्न केही ढिला भएको जानकारी दिए ।
सत्तारूढ नेकपामा भाडभैलाेः चार नेताले गरे सचिवालय बैठक बहिष्कार
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline