सत्तारूढ नेकपामा भाडभैलाेः चार नेताले गरे सचिवालय बैठक बहिष्कार

सत्तारूढ नेकपामा भाडभैलाेः चार नेताले गरे सचिवालय बैठक बहिष्कार

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं,२२ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी मा एकताले पूर्णता नपाउदैँ भाडभैलाे सुरू भएकाे छ । नेकपाका चार शीर्ष नेताले सचिवालय बैठक नै बहिष्कार गरेका छन्। शनिबार अपरान्ह ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि बहिष्कार गरेका हुन्।

पार्टी एकिकरणका बाँकी कामको टुंगो लगाउनेलगायत विषयमा छलफलका लागि सचिवालयको बैठक बोलाइएको थियो। तोकिएको समय सकिएको १५ मिनेटसम्म पनि  प्रधानमन्त्री उपस्थित नभएपछि बैठक बहिष्कार गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसमेत बैठक कक्षमा नदेखिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटारबाट बाहिरिएका हुन्।

‘हामीले पहिल्यै नै हरेक बैठक समयमै गर्ने नियम बनाएका थियौं, यसपटक बैठकका लागि तोकिएको समयभन्दा १५ मिनेट पर्खदा पनि बैठक सुरु भएन’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामी हिँडेका हौं।’

अाफुहरू सकैका विरुद्धमा एकजुट भएर नहिडेको प्रष्ट पार्दै श्रेष्ठले भने, ‘आफैले बनाएको नियमलार्इ कार्यन्वयन गर्न हामी बैठक कक्षबाट निस्किएका हौं’, यो आफैंलाई सचेत कदम हाे । नेकपा सचिवालयका नौ सदस्यमध्ये चारजनाले बहिष्कार गरेपछि बैठक स्थगीत भएको हो।

उक्त समय प्रधानमन्त्री ओली भने विशेष भेटघाटमा भएको वालुवाटार श्राेतकाे भनाइ छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ