काठमाडाैं, २२ मंसिर ।
विगतमा पटकपटक डुंगा दुर्घटना भएर थुप्रै मानिसको ज्यान गइसकेको चतराघाट पछिल्लो समय पक्की पुलको निर्माण र बैकल्पिक सडक कालोपत्रे भएसगैं अहिले चतरापुलमा आन्तरीक घुम्न जाने पर्यटकहरु बढेको देखिन्छ ।
दुईपट्टि डाँडा उदयपुर र धनकुटाको बीचमा भएर बगिरहेको नदीको सुन्दर दृष्य हेर्न, पुल नजिकबाट प्रशिद्ध धार्मिकस्थल बराहक्षेत्रको मन्दिर हुँदै सिम्ले त्रिवेणीसम्म बोट ( पानी जहाज ) चढेर जान पाईने भएका कारण मानिसहरुको घुईचो लागेको छ ।
पानी जहाजमा करीब २० मिनेटमा त्रिवेणी सम्म पुग्ने र त्यसमा सुनकोशी, तमोर, र अरुण नदीको संगम रहेकाले सो क्षेत्रको दृष्य पनि निकै रोमाञ्चक हुने भ्रमणकर्ताहरु बताउँछन् ।
पानी जहाज चढ्नेको संख्या पनि ह्वात्तै बढेको यसका सञ्चालकहरु बताउँछन् । त्यसपछि पुलमा बसेर फोटो र सेल्फी खिच्नेहरुको संख्या निकै बाक्लो देखिन्छ । जसमा युवा युवतीहरुको छु्ट्टछुट्टै हुल र जोडीहरु भेटिन्छन् ।
यसको व्यवस्थित विकास र प्रवद्र्धन गर्न सक्ने यस क्षेत्रको विकास र रोजगारीमा निकै ठूलो मद्दत पुग्ने विस्वास गर्न सकिन्छ ।
६१.३ मिटर लामो यो पुल धरान चतरा उदयपुर सिन्धुली हुदै हेटौडा जोड्ने बैकल्पिक सडकमा पर्दछ ।
हेर्नुहाेस् भिडियाे ।



