निर्मला हत्यामा सरकारको संलग्नता छ : डा. संग्रौला

निर्मला हत्यामा सरकारको संलग्नता छ : डा. संग्रौला

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

 नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा सरकारकाे संलग्नता रहेको बताएकी छन्। साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको उनले राजीनामा समेत माग गरिन्।

शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले मुलुकका हजारौं निर्मलाहरुको न्यायका लागि आफुले ३ महिनादेखि न्याय देउ भन्ने अभियान चलाइरहेको बताइन्। उनले असोज ११ गते इलामबाट शुरु भएको अभियान सबै प्रदेशमा संचालन गरेको बताइन्।

निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म न्याय सम्भव नभएको भन्दै उनले वर्तमान ओली सरकार बादशाह, महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको दाबी गरिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ