दलित सांसदले काठमाण्डौमा डेरा नपाएको गुनासो

दलित सांसदले काठमाण्डौमा डेरा नपाएको गुनासो

  • शनिबार, मंसिर २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार संसाद आवास भवन भने छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ ।
मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ ।

हामीले एक महिना भयो कोठा पाएका छैनौँ ।

छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौँ । काठमाडौंमै यस्तो छ भने गाउँ गाउँमा के होला ?

उनले दलित शब्द नै हटाउन आग्रह गरिन् । भनिन्, हामी दलित होईनौँ, शिल्पी हौँ ।

यो विषयमा त्यसपछि केहि दिन सदनमा चर्चा भयो ।
भैँसेपाटीमा सांसद आवास बनाउन संसद् सचिवालयको नाममा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा आवस बनाउनुपर्नेमा सरकार र संघीय संसदका पदाधिकारीबीच छलफलसमेत भयो । छलफलमै सिमित भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ