दक्ष जनशक्ति र बजेट उपलब्ध गराउन निर्देशन

दक्ष जनशक्ति र बजेट उपलब्ध गराउन निर्देशन

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, २१ मङ्सिर।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले स्थानीय तहमा सहजरुपमा कानूनी सेवा प्रदानका लागि दक्ष जनशक्ति र बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले नागरिकलाई घरदैलोमा नै कानूनी सेवा प्रदान गर्ने लक्ष्यका साथ संविधानले नै प्रदत्त गरेको अधिकारका आधारमा स्थापना भएका अर्धन्यायिक निकायलाई उचित बजेट र दक्ष जनशक्ति जरुरी रहेको ठहर गरेको छ ।

समितिका सभापति तारादेवी भट्टले अधिकांश स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा नै मेलमिलाप संयन्त्र गठन भएको अवस्थामा कानूनी परामर्शका लागिसमेत उनीहरु योग्य हुनुपर्ने देखिएकाले आवश्यक व्यवस्थाका लागि सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

समितिको बैठकमा सांसदहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मेलमिलाप संयन्त्रलाई के कस्तो सहयोग गरेको छ, सञ्चालनको कार्यविधि कस्तो छ र नागरिकले कस्तो न्याय पाएका छन् भन्नेबारेमा जिज्ञासा राख्नुभएको थियो ।

यस्तै स्थानीय अदालत स्थापनाका विषयमा भइरहेको प्रगतिका बारेमा समेत चासो राख्दै सांसदहरुले अधिकांश स्थानीय तहमा महिला नै उपप्रमुखमा निर्वाचित भएकाले उनीहरुमार्फत आम महिलालाई अधिकार दिलाउन पनि सहज संयन्त्र जरुरी रहेको बताउनुभयो ।

सांसदहरु दीनानाथ शर्मा, कालीबहादुर मल्ल, विमला राई पौडेल, रमेशजङ्ग रायमाझी, प्रमीलाकुमारी यादवले कतिपय स्थानमा प्रमुख तथा उपप्रमुखको विवादका कारण पनि स्थानीय तहमा नै न्याय पाउने अधिकारबाट नागरिक बञ्चित भएकाले सहजीकरण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई निर्देशन दिनुभयो ।

यस्तै स्थानीय तहमा कम्तीमा पनि कानूनी अधिकृतको दरबन्दी जरुरी रहेको भन्दै उहाँहरुले महिला, बालबालिका तथा अल्पसङ्ख्यक समुदायको मुद्दामा सहज न्याय दिने विषय प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सो अवसरमा सचिव थपलियाले भन्नुभयो, “स्थानीय तहलाई सबल र सक्षम बनाउन मन्त्रालयले चरणबद्धरुपमा तालीम सञ्चालन गरिरहेको छ, त्यसलाई नियमतिरुपमा अगाडि बढाउने प्रयास गरिएको छ ।”

केही समयभित्रै स्थानीय निकायलाई प्रशिक्षण दिइ दक्ष बनाउन सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ