राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य सम्बन्धमा छलफल गर्दै

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य सम्बन्धमा छलफल गर्दै

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं मंसिर २१ ।
राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य र १५ औँ योजनाका सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ ।

सिंहदरवारस्थित आयोग कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा दिगो लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान र रणनीतिका बिषयमा छलफल हुने आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले जानकारी दिनुभयो ।

त्यस्तै १५ औँ योजनाका कार्यक्रम तथा रणनीतिका बिषयमा पनि बैठकमा छलफल हुनेछ । छलफलमा आयोगमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनुहुनेछ ।

फागुन पहिलो साता पन्ध्रौँ योजनाको आधारपत्र प्रकाशन गर्ने तयारी गरेको आयोगले २०७६ जेठ १५ भित्र पुर्ण दस्ताबेज प्रकाशन गर्ने जनाएको छ ।

सोही आधारपत्रको प्रारम्भीक मस्यौदा स्वीकृत गर्ने बिषयमा आजको बैठक बस्न लागेको हो । सो दस्ताबेजले सरकारको मध्यावधि खर्च संरचना, बार्षिक कार्यक्रम तर्जुमा तथा प्रदेश र स्थानीय तहको आवधिक योजना तर्जुमाका लागि मार्ग प्रशस्त गराउने आयोगको दाबी छ ।

त्यस्तै विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनका बिषयमा भएका पछिल्ला प्रगतिका बिषयमा पनि बैठकमा छलफल हुने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ