निर्मलाका हत्यारा रावल नै हुन त ?

निर्मलाका हत्यारा रावल नै हुन त ?

  • शुक्रबार, मंसिर २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

बलात्कार पछि क्रुर हत्या भएको चार महिना वित्दा पनि दोषी किटान नभए पछि देशव्यापी रुपमा सरकार विरुद्ध नेकपा र अन्य सरोकारवाला र सर्वसाधारण आन्दोलित भए पछि प्रहरीले हत्या आरोपमा कन्चनपुरका प्रदीप रावललाई काठमाण्डौंबाट पक्राउ गरियो ।
हाल सम्म सबै प्रमाण नष्ट भएको र सही दोषी को हो भन्ने एकीन गर्न डिएन समेत परीक्षण गराईदै आईएको छ ।
आन्दोलन चर्किदै गएकै बेला काठमाण्डौंमा पक्राउ परेका रावलले साविति बयान दिएको र घटनामा संलग्नता स्वीकार गरेको बाहिर आएको छ । र यसलाई प्रहरीको सफलतासगँ जोडिएको छ ।
तर यदी डिएनए मिलेन भने हुन्छ के ? अहिले सामाजिक सञ्जालमा व्यापक प्रश्न गर्न थालिएको छ । प्रदीप रावलको बयानका आधारमा कन्चनपुरबाट पक्राउ परेका थप व्यक्तिलाई राजधानी ल्याईएको छ ।
शुरुमा हत्या स्वीकारेको भन्दै जेल हालिएका एक मानसिक सन्तुलन गुमाएका व्यक्ति चौतर्फी आलोचना पछि रिहा गरिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरुले निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, भनेका छन्। यो कुरा त गृहमन्त्रीले उहिल्यै संसदमा भनिसकेका थिए। अहिले बलात्कारपछि हत्या गरेको शंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेको र अन्य तीनजना महेन्द्रनगरमै पक्राउ परेको भनिएको छ।

उनीहरू सबै लागुऔषध दुव्र्यसनी रहेको र केहीले आफुहरुले नै अपराध गरेको भनेको, अपुष्ट खबर प्रहरीले नै दिएको छ। कञ्चनपुरका पत्रकार लक्ष्मण तिवारीका अनुसार पक्राउ परेका भनिएका ३ जना डिएनए परीक्षणका लागि नियन्त्रणमा लिइएकाहरु हुन्। उनीहरुको नमुना लिएर केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

यसअघि पनि ४ जनाको डिएनए परीक्षण गरिएकामा निर्मलाको भजाइनल स्वाबसँग मेल खाएन। भन्नलाई, स्थानीयले दिएको सूचनाका आधारमा ती युवालाई पक्राउ गरिएको भनिएको छ। तर, वास्तविक कुरा प्रहरीले भनेको छैन। केही युवाले आपसमा आफुहरुले गरेको गल्तीमा प्रहरीले अरूलाई दुःख दिएको भन्दै खुस्रुक खुस्रुक कुरा गरेको र त्यो कुरा सुनेका स्थानीयले प्रहरीलाई चुक्ली लगाएको भन्छन्, अनुसन्धान अधिकारी।

ती चार जना भारत भागेर बसेका पनि स्थानीयले प्रहरीलाई भनेका बताइँदैछ। ती चारै जनाको डिएनए नमुना भने लिइसकिएको छ। गत १० साउनमा साथीको घरमा गएकी निर्मलाको भोलिपल्ट ११ गते उखुबारीमा शव भेटितएको थियो।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले दसी प्रमाण नष्ट गरेको भन्दै आन्दोलन चर्किएको थियो। सरकारले विभिन्न अनुसन्धान टोली खटाएपछि त्यसमा संलग्न प्रहरी अधिकारी निलम्बनमा परे। दुई जना फेरि पनि सरकारी सेवाको लागि योग्य हुनेगरी बर्खास्त भएका छन्।

अहिले देशभर निर्मलाको न्यायका निम्ति दबाब अभियान चलिरहेको छ, जसले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैलाई सोधपुछमा उतारेको छ। उनी आफै सोधपुछमा खटिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ